
Syees
Nssbus7
gms
syysr
Rbs
Ssbus
Ddhbs
Pbu
Gsbus
Ratbs
dsbus
Jsbus
Amb
Gsl
Bksbus5
Csbus

Bbbpu
Ksm
Bbu
Gst
Vor
Rgu
Ssm
Hal
Ggd
Rsb
Sbs
nsb
Rgs
Rgu
Pvg
Sls
Wsp
Tsm
Asm

Ptm
sab
Mks
Rmb
Syp
Gsb
Jmb
bbt
Abd
Bml
Pls
Jmb
Rpp
दाङ । टुक्का कविताको चौथो वार्षिकोत्सवको अवसरमा साहित्यकार नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह कथरी विमोचन भएको छ।
टुक्का कविता लेखनको चौथो वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न कमलादी काठमाडौँमा सम्पन्न भएको हो। टुक्का साहित्य समाजले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा यादव लगायत अन्य आधा दर्जन जती साहित्यकारहरूको कृति बिमोचन हुनु को साथै सम्मानित भएका हुन।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर – ६ बालापुर घर भएका साहित्यकार तथा सामाजिक व्यक्तित्व नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह ‘कथरी’ बिमोचन भएको हो। यादवको नवरत्न ( चारु सङ्ग्रह ) , अनमोल रत्न ( मुक्तक सङ्ग्रह ) ब्यङ्ग्य कन्तुर ( टुक्का सङ्ग्रह ) को संयुक्त लेखनमा अहिले सम्म प्रकाशित भैसकेको साहित्यकार यादवले जानकारी दिनु साथै संयुक्त बालकविता सङ्ग्रह र चारु सङ्ग्रह निकाल्ने तयारी गरिरहेको बताउनु भयो।
कार्यक्रममा साहित्यकारहरु राजेन्द्र प्रधानको तरङ्गीत छालहरू टुक्का कविता सङ्ग्रह, म्यामराज राईको महक, टुक्का कविता सङ्ग्रह, पुष्पा राईको पुष्पाश्री टुक्का कविता सङ्ग्रह, राम प्रसाद पुरीको टुक्का सुधार टुक्का कविता सङ्ग्रह र भगवती दलाडीको बन्धन टुक्का कविता सङ्ग्रह को बिमोचन साथै सम्मानित हुनु भएको हो ।
अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेत, प्राज्ञ सभा सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्य चेतनाथ धमला, आविष्करण नेपाल तथा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थी, वरिष्ठ साहित्यकारहरू पदमा शर्मा आँचल, शरद प्रधान, अरुण बहादुर खत्री नदी, डा.सावित्री श्रेष्ठ, शर्मिला श्रेष्ठ लगायत नेपाल र भारतबाट २०० भन्दा बढी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।
