
Ddhbs
Csbus
Amb
Syees
Rbs
Gsbus
Ssbus
dsbus
Nssbus7
Pbu
Gsl
gms
syysr
Jsbus
Bksbus5
Ratbs

Pvg
Bbu
Vor
Tsm
Rgs
Ggd
Ksm
Hal
Ssm
Gst
Asm
Sbs
Sls
Rgu
Rgu
Bbbpu
Rsb
nsb
Wsp

Rpp
Rmb
Pls
Ptm
sab
Bml
bbt
Jmb
Syp
Abd
Mks
Gsb
Jmb
दाङ । नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् ।
महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ ।
यसै क्रममा दाङको राप्ती गाउँपालिकाको कार्यालयमा राप्तीका ४२ जना शिक्षक, शिक्षिका तथा कर्मचारीहरूले धर्ना दिएका थिए । शिक्षक तथा कर्मचारीले बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म धर्ना दिएको नेपाल शिक्षक महासंघका राप्तीका अध्यक्ष कुलराज जैशीले जानकारी दिएका छन् ।
त्यस्तै धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र शिक्षा युवा तथा खेलकुद शाखा विश्वास विकलाई संयुक्त रूपमा महासंघले बुझाएको छ ।
महासंघको आन्दोलनलाई राप्तीमा रहेका नेपाल शिक्षक संघ,एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन,अखिल नेपाल शिक्षक संगठनले ऐक्यबद्धता जनाएका छन् ।
