
Jsbus
bpmhl
gms
dsbus
Gsbus
Pbu
Rsbus
Bsbus
Lsbus
Ksbus
Ksbus
Bksbus5
Nssbus7
Ksbus
Gsl
Ssbus
Csbus
Ssbus
Ssbus

Sls
Rgu
Bbbpu
Rgs
Vor
Tsm
Pvg
Sbs
Ggd
Rgu
Hal
Ssm
Asm
nsb
Rsb
Gst
Wsp
Bbu
Ksm

sab
Pls
Abd
Rmb
Bml
Gsb
Mks
Jmb
Rpp
Ptm
bbt
Syp
Jmb
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताउनु भएको छ । सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उहाँको भनाई छ ।
शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्नु हुदैं मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सर सफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’बुझाउनु भएको थियो । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(आन्तराष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।
‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नु पर्ने, सरसफाई मजदुरलाई तालिमको व्यबस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिनु भएको ।
मन्त्री भट्टराईर्ल यी सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो । उहाँले ती सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिनु भएको हो । ती सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि निर्देशन दिनुभयो ।
