
cjs
Ggp
Pes
Djs
Rgp1
pku
Lnp
Gfs
Ses
Sgr
Rgp
Srbpu
Pbu
Unsku

nsb
Bbu
Asm
Rgs
Ssm
Wsp
Tsm
Rsb
Ksm
Ggd
Bbbpu
Rgu
Sbs
Hal
Pvg
Vor
Rgu
Sls
Gst

Gsb
Ptm
sab
Jmb
Pls
Rmb
Rpp
Bml
Mks
Jmb
Syp
Abd
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ,हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित धार्मिक तथा पर्यटकीय स्थल खाैराहबाबामा साे दिवस मनाइएको हाे।
युवा चेम्बरले खाैराबाबा मन्दिर पार्क परिसरमा विभिन्न फुल प्रजातिका बिरुवा रोपण, खुला रक्तदान कार्यक्रम र “रक्तदान आजको आवश्यकता ” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमहरु सम्पन्न गरेको छ । युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली र राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए भने साेही अवसरमा आयाेजित “रक्तदान आजको आवश्यकता ” विषयक वक्तृत्वकला प्रतियोगितामा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाकी छात्रा सपना भण्डारी प्रथम, ज्ञानाेदय माध्यमिक विद्यालय पत्थरगढवाकी छात्रा सुनिता शेर्पा द्वितीय र शंकर माध्यमिक विद्यालय पिपरीकी छात्रा अनिता सुन्दास तृतीय भएकी छन्।
त्यस्तै विजेताहरूलाई क्रमश नगद ३ हजार, २ हजार र १ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे । चेम्बरका प्रथम उपाध्यक्ष श्रवण आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, कृषि समितिका प्रेमलाल चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

