तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, साउन २०, २०८०

दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले पुर्व जनमुक्ती सेना नेपालका बटालियन कमाण्डर तथा राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रणबहादुर पुजालीकी धर्मपत्नी तथा पूर्व जनमुक्ति सेना नेपालका सदस्य भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

स्वर्गीय विक लामाे समयदेखि पाठेघरको क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको यही साउन १४ गते दिउँसो आफ्नै निवास राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा निधन भएको थियो । पार्टीले शनिवार स्वर्गीय विकको दिनमा ७ औं दिनका दिन उहाँकै निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको हो ।

सभा पार्टीका राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा दाङ जिल्ला संयाेजक सुवास पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साे सभामा बोल्दै पुनले विकको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भएको छ।जनयुद्धको स्मरण गर्दै पुनले भन्नु भयो,‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान,इमान्दार र वर्गप्रति दृढ कार्यकर्ता गुमाएको छ।”

त्यस्तै सभामा अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश कमिटीका सदस्य पुनम शेर्पाइली,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पार्टीका राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा,दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य राजु परियार ,हिरा सुनार लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वर्गीय विकको जीवनीका बारेमा श्रीमान रणबहादुर पुजालीले प्रकाश पार्नु भएको थियोे । स्थानीयदेखि जिल्ला र प्रदेश कमिटीका पार्टी सदस्यहरू सहभागी रहेको कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]