
Unsku
Rgp
Djs
Pbu
Sgr
pku
cjs
Ggp
Gfs
Lnp
Pes
Srbpu
Rgp1
Ses

Tsm
Sbs
Pvg
Wsp
Sls
Ksm
Bbu
Asm
Ssm
Vor
Gst
Bbbpu
Rgu
Rgu
Ggd
Hal
Rgs
nsb
Rsb

Rpp
Syp
Jmb
sab
Abd
Bml
Rmb
Jmb
bbt
Pls
Ptm
Gsb
Mks
दाङ । देउखुरीकाे गढवा गाउँपालिका स्तरीय सहकारि संजालकाे आयाेजनामा गढवमा शुक्रबार देखि ३ दिने आधारभूत सहकारि सम्बन्धि तालिम सुरु भएकाे छ ।
संजालका अध्यक्ष बेगम गहतराजकाे अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चाैधरिकाे प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ दाङका सदस्य मिना गुरुङकाे बिशिस्ट आतिथ्यतामा उदघाटन कार्यक्रम सुरु भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले सहकारी हरुलाइ जस्ताे सुकै सहयाेग गर्न पालिका तयार रहेकाे प्रतिबद्धता ब्यक्त गर्दै सहकारीहरु नियम तथा विनियम अनुसार चल्दै सदस्य मैत्रि हुनु पर्नेमा जाेड दिनुभयाे । १० वर्ष अघिदेखि आफु सहकारी क्षेत्रमा रहेकाे स्मरण गर्दै उपाध्यक्ष चाैधरीले सहकारीहरु सिस्टम भन्दा बाहिर गएर चल्न नहुने र सिस्टमदेखि बाहिर रहेका संस्थाहरु अनुगमन गरि कारबाही गरिने समेत बताउनु भयाे ।
कार्यक्रममा २५ जना भन्दा बढी सहकारीका अध्यक्षहरुकाे सहभागीता रहेकाे थियाे,तालिमकाे पहिलाे दिन गढवा गाउँपालिका भरका २५ बढी संस्थाका अध्यक्षहरुलाई तालिम दिईएकाे थियाे । अध्यक्षहरुका लागि दिईएकाे तालिमकाे पहिलाे दिन संजालका अध्यक्ष बेगम गहतराज र आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ओम प्रकाश बसेलले प्रशिक्षण दिनु भएकाे थियाे । शनिबार व्यवस्थापक र आईतबार लेखा सुपरिबेक्षण समिति संयाेजकहरुलाई तालिम दिने कार्यक्रम रहेकाे संजालका सचिव देव किशाेर चाैधरीले जानकारी दिनु भयाे ।
![]()
