
Ses
Lnp
Pbu
cjs
Rgp
Gfs
Srbpu
Ggp
Sgr
Rgp1
pku
Unsku
Djs
Pes

Rgu
Vor
nsb
Sls
Asm
Ggd
Gst
Sbs
Ksm
Ssm
Pvg
Bbbpu
Tsm
Rgu
Wsp
Bbu
Hal
Rsb
Rgs

Ptm
bbt
Mks
Rpp
Jmb
Bml
Syp
Pls
Gsb
Rmb
sab
Abd
Jmb
दाङ । राप्तीको बहाब परिबर्तन हुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा पर्न थालेका छन् ।
एकाएक राप्तीको धार बद्लिएर कुलामा पानी नचढेपछि किसान समस्यामा परेका हुन । धान लगाएर सकिएको छ । पानीको आबस्यक पर्नेबेला कुलो सुख्खा छ । राप्तीका अधिकाँस खेतबारीहरु कुलोबाटै सिँचाई हुने गर्छन । प्रगन्ना कुलो सिँचाई आयोजना अन्तरगतका पहिलो र दोस्रो गरी दुईवटा ईन्टेक छन् ।
पहिलो ईन्टेकबाट बग्ने कुलामा पानी नहुँदा त्यसबाट आस्रित किसानहरु समस्यामा परेका हुन । पहिलो ईन्टेकको मुहान ईलाका प्रहरी कार्यालय र हनुमानगडीको बिचमा छ । त्यसै मुहान बाट उत्तर किनारै किनार किसानका खेतसम्म कुलो पुर्याईएको छ । सधै कुलोमा बग्ने पानी अहिले भने भालुबाङ पुलमुनीबाट धार परिबर्तन गरि दक्षिण किनारबाट बग्न थालेको छ । कुलोभन्दा नदिको सतह कम भएका कारण यस्तो समस्या निम्तिएको हो ।
पहिलो ईन्टेकबाट राप्तीका १५ सय हेक्टर जमिन सिँचाई हुने गर्दथ्यो । राप्तीका १,२,३ र ४ नम्बर वडा अन्तरगतका पाखापनी, लामटिया, बराखुठी, मसुरिया, शान्तीबाघगड्डी सिउंगुडे, मजनीगड, पिपरखुटी, सुन्दरपुर लगायतका बस्तीहरु प्रगन्नाको पहिलो ईन्टेकबाट आश्रित छन ।
पुलमुनीबाट राप्तीले धार बदलेपछि किसानहरु जुटेर अस्थाई बाँध बनाए । लगत्तै कुलामा पानी त बग्यो तर पहिले जस्तो पर्याप्त भएन । अहिले किसान मोटर र बोर्डिङको बिकल्प खोज्न थालेका छन । “पानीको बहाब बढेपछि नदिले धार बदल्यो । कुला सुख्खा भयो । पुलमुनी अस्थाई बाँध बनाईयो किसान चिन्तामणी सुबेदीले भने-पानी त कुलामा बग्यो तर अलिअलि मात्र ।” हाल बगिरहेको पानीले नजिकका बस्तिहरुको केही समस्या हल भएपनि पश्चिमका अन्य बस्तिहरुले भने समस्या उही झेल्दै आएका छन् ।
“तत्काल समस्या समाधानका निम्ती किला ढुँगा राखेर अस्थाई बाँध बनाईयो । फेरि बाढी आउछ बगाउँछ सुबेदीले भने त्यो बाँध कति टिक्ला ।”
बिगतमा कहिल्यै पानीको समस्या नझेलेका त्यहाँका किसानलाई अहिले भने धानमा सिँचाई कसरी गरौ भन्ने चिन्ताले पिरोल्न थालेको छ । “पहिले कुलोमा प्रसस्तै पानी हुन्थ्यो । पानी बढि भएर छताछुल्ल हुन्थ्यो अर्का किसान निमबहादुर दर्लामीले भने-अहिले त कुलोमा पानी खोज्नुपर्ने अबस्था आयो ।” उनले जथाभाबी उत्खनन्का कारण नदिले धार बदलेको बताए । उत्खनन् नगरौ भनेर बारम्बार सरकारलाई आग्रह गरेपनि नितिगत रुपमा हुने उत्खनन्ले किसान मर्कामा पर्ने गरेको उनले बताए ।
प्रगन्नाको दोस्रो ईन्टेक आसपासमा नितिगत उत्खनन् गरिएको थियो ।
पालिकाले प्रगन्ना कुलो सिँचाई सफाई भनेर टेण्डर आह्वान गर्यो । काम शुरु भयो । उत्खनन् तोकिएको ठाउँभन्दा अन्यत्र भयो । “कुलो सफाई” कागजमा मात्र सिमित रह्यो । राप्तीमा जथाभाबी उत्खनन् नै अहिले किसानका लागी ठूलो समस्याका रुपमा खडा भईदियो । जुन उत्खननका क्रममा पत्रकारदेखी उच्च पदस्थ सम्मलाई रकम लिएको भन्ने आरोप समेत लाग्यो । त्यसको तत्काल असर अहिले किसानहरुले झेल्नुपरिरहेको छ ।
अहिले देखापरेको किसानका समस्या निम्तिनु मनपरी उत्खनन् नै भएको जानकारहरु बताउँछन ।
प्राबधानलाई कुल्चिएर हेभी मेसिनहरुको प्रयोगले उत्खनन् गर्दा नदिको सतह घटेको समाजसेवी महेश रिजालले बताए । अहिले जता ओरालो उतै पानी बग्न थालेको छ । जसले गर्दा कुला सुख्खा हुँदै गईरहेका छन ।
“जथाभाबी उत्खनन् नगरौ । किसान समस्यामा पर्छन भन्दापनि सुनुवाई भएन रिजालले भने- देखियो त तत्कालै समस्या । अझै कति समस्या झेल्नुपर्ने हो ।” उत्खनन् सँगै पहिलो ईन्टेक कच्चि भएका कारणपनि यस्तो समस्या निम्तिएको रिजालको बुझाई छ । ५५ सालमा पहिलो ईन्टेक निर्माण भएको हो । अहिले सम्म पक्की हुन सकेन जसले गर्दापनि किसान मर्कामा परेका छन रिजालले भने ।
यो भन्दा पहिले प्रसस्त पानी हुँदा त्यहाँका किसानले हिँउदामा पनि धान लगाएको स्मरण गर्छन । तर अहिले यो बर्खायाममा पनि धानमा कसरी सिँचाई गर्ने भन्ने चिन्ता बढ्न थालेको छ । बर्षमा दुईपटक धान उतारेर पनि मकै खेतीपनि गर्ने गरेको किसान बिजय ज्ञावलीले स्मरण गरे । “पानी प्रसस्तै हुन्थ्यो । बर्षमा ३ बालीपनि उतारिन्थ्यो ज्ञावलीले भने-अहिले त बर्खे धानपनि जलेर मर्ने होकि भन्ने चिन्ता बढेको छ ।” उनले डेढ बिगाह जमिनमा धान लगाएका छन । ठूलो मात्रामा धानखेती गर्नेहरु झनै समस्यामा पर्ने देखिन्छ । नदिको सतह बढाउँन उत्खनन् रोक्नुपर्ने किसान हरु बताउँछन ।
![]()
