
Lnp
cjs
Djs
Unsku
Srbpu
Pbu
Pes
Rgp
Ses
Sgr
pku
Rgp1
Gfs
Ggp

Ksm
nsb
Bbbpu
Wsp
Vor
Ssm
Gst
Rgu
Rsb
Asm
Bbu
Tsm
Pvg
Ggd
Hal
Sls
Rgu
Sbs
Rgs

Rpp
Jmb
Abd
Jmb
Mks
Pls
Bml
bbt
Syp
sab
Rmb
Ptm
Gsb
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर पहिरोको उच्च जोखिममा रहेको छ ।
गत वर्ष दशैमा परेको भिषण वर्षाका कारण पहिरो गएपछि मन्दिर भत्किने अवस्थामा पुगेको हो । मन्दिर भत्किने अवस्थामा पुगेपनि सम्बन्धित निकायले मन्दिर वरपर पर्खाल लगाउन कुनै साचो नदेखाएको स्थानीयहरूको भनाई रहेको छ ।
यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पहिरो रोकथामका लागि पालिकामा बजेट नभएको बताएका छन् । तर हालचालका लागि पहिरो गएको ठाउँमा त्रिपाल लगाउने काम गरिएको बताए । लुम्बिनी प्रदेशको ऐतिहासिक तथा धार्मिक केन्द्रको रूपमा रहेको भद्राक्षी देवी मन्दिरको भाैतिक संरचना निर्माण गर्न २/३ करोड खर्च लाग्ने भएकोले प्रदेश सरकार डिपिआरको तयारीमा जुटेको अध्यक्ष विष्टले बताएका छन् ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा रहेको देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानको रुपमा समेत परिचित छ । भद्राक्षीदेवी मन्दिर आराध्य देव भगवान महादेवको शक्तिको एउटा रुप मानिन्छ ।
हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथामा दक्ष प्रजापतिको यज्ञमा हाम फालेर सतीदेवी मरे पछि महादेवले सतीदेवीको मृत शरीर लिएर हिड्ने क्रममा जहाँ जहाँ सती देवीका अंग पतन भए त्यहाँ विभिन्न नाममा महादेवले एउटा शक्तिपीठ उत्पन्न गरेका थिए ।
सतीदेवीको बायाँ घुडा पतन भई भद्राक्षीदेवी उत्पन्न भइन् , त्यहाँ १२ राशी आई तपस्या गरेर सवै नक्षत्र हाम्रा अधिनमा रहनु भन्ने वरदान मागे पछि देवीले वरदान दिएको ग्रन्थमा उल्लेख छ । जहाँ जहाँ सतीदेवीको अंग पतन भए त्यहाँ पीठ उत्पत्ती भएको विश्वास गरे पछि आराधना गर्न थालियो र यसै प्रसंगमा त्यस ठाउँमा मन्दिर निमार्ण गरी आरधना गर्न थालिएको पाइन्छ ।
सतीदेवीको बाँया घुडा खसेको ठाउँ भनिए पनि यो पीठको विकासमा खासै चासो नदिदा ओझेलमा समेत परेको छ । भद्राक्षी देवी मन्दिरमा पूजा आराधना र प्राकृतीक रमणीय दृश्य अवलोकन गर्न धेरै मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।

