
cjs
Ggp
Srbpu
Rgp1
Gfs
Pbu
pku
Rgp
Ses
Lnp
Djs
Pes
Sgr
Unsku

Ssm
Pvg
Hal
Rgu
Gst
Rgu
nsb
Tsm
Rgs
Bbu
Sbs
Ggd
Wsp
Asm
Bbbpu
Rsb
Sls
Vor
Ksm

Gsb
Syp
Ptm
Rmb
Mks
Bml
bbt
Jmb
Abd
Pls
sab
Rpp
Jmb
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा संचालित सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थामा दैनिक ज्यालादारीको रुपमा कार्यरत राजपुर -२ मटेरिया निवासी मुरलि यादवले आफ्नै संस्थाबाट पीडा पाएको भन्दै गुनासो पोखेका छन् ।
आफु पीडित भएको दाबी गर्ने यादव भन्छ्न : म सहकारी संस्थामा मजदुरको रुपमा कार्य गर्दै आईरहेको थिए । केहि महिना अघि कार्यालय समय पष्चात मलाई ओभरटाईम काममा खटाईयो । ट्रकबाट अर्को कामदारले बोरा फाल्ने र मैले समाउने बेला मेरो खुटाको घुडामा गहिरो चोट लाग्न पुग्यो म पीडित भए । मेरो समस्या संस्थामा सम्बन्धित निकायमा राख्दा तिम्रो खुट्टामा लागेको चोटको उपचार यहीँ संस्थाबाट हुन्छ चिन्ता नगर भन्ने आश्वासन पाए र मैले यहीँ वडामा रहेको खत्री मेडिकलमा उपचार गराए । खत्री मेडिकलमा उपचार गराउदा सुधार हुन नसकेपछि घोराही उपचार गराउन गए ।
घोराही उपचार गराए पछि केहि उपचार खर्च संस्थाबाट पाए भने केहि उपचार खर्च स्वयं आफैंले ब्यहोरे तर पनि अझैसम्म मेरो खुट्टाको सुधार हुन सकेको छैन र अर्को कामदार र मलाई सहकारीबाट निकालियो । म त्यहि संस्थामा कार्य गर्ने मजदुर समस्यामा परेको बेला मलाई सहयोग गर्नु संस्थाको दायित्व हो तर बिडम्बना मलाई कामबाट पनि निकालिदिएपछि म थप पीडामा परे । मेरो पीडा कसले सुनिदिने ? त्यहि कारण सम्बन्धित निकायले सुनोस भनेर म मिडियामा आए ।
सल्लाहकार सहितको मिटिङ्ग राखि निर्णय गर्छु अध्यक्ष : केसी
यादवको पीडाबारे सत्यतथ्य बुझ्नको लागि सहकारी संस्थाका अध्यक्ष देव बहादुर केसीसंग टेलिफोन सम्पर्क गर्दा : दैनिकि ज्यालादारीको रुपमा कार्यरत दुई जनालाई निकालिएको स्विकार भएको छ ।
दैनिकि ज्यालादारीकारुपमा काम गर्ने उद्देश्यले दुइ जनालाई राखिएकोमा हाल काम नभएको कारण दुबैलाई समितिको निर्णय बमोजिम हटाईएको हो । यादवलाई उपचार संस्थाले गर्छ भन्ने आश्वासन मैले दिएको होइन यदि अरु कसैले दिएको हो भने उपचार गर्नु पर्छ । यसबारेमा छिट्टै सल्लाहकार सहितको मिटिङ्ग राखी निर्णय गराउछु भनि अध्यक्ष केसीले बताएका छन् ।
