
Gsb
Nsb
Csb
Ksb
Rks
Ksb
Ppu
Usb
Ssb
Ssb
Ksb
Bsn
jsb
Rsb
Fmb
Tgp

Gsb
Usb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने सिक्रहवा साेतामा आज घाइते अवस्थामा रहेको घडियाल गोही भेटिएको छ ।
सोतामा माछा मार्न गएका बालबालिकाले देखेर स्थानीयलाई खबर गरेका थिए । स्थानीयले सिक्रहवा सोतामा घडियाल गोहीदेखेपछि सब डिभिजन वन कार्यालय गढवालाई जानकारी दिएका थिए । घडियाल गोहीको टाउकाेमा चाेट लागेकाे छ । जानकारी पाएलगत्तै घटनास्थलमा वन कर्मचारी र प्रहरी तथा स्थानीय पुगेर उद्दार गरेका थिए।
त्यस्तै घाइते अवस्थामा रहेको गोहीलाई डिभिजन वन कार्यालय देउखुरी दाङको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घडियाल गोही संरक्षित वन्यजन्तु अन्तर्गत पर्छ। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले उद्दार गरेको घडियाललाई सुरक्षित ठाउँमा लगेर छोडिने बताउनु भयो । अहिले हामीले बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरिरहेका छौं । गोही छाड्नको लागि सुरक्षित स्थान खोजेर छाडिने प्रमुख क्षेत्रीले जानकारी दिनु भयो ।
