
Ggp
Ksbus
Asbus
Lnp
Rgp
Msbus
Sdc
Ksbus
Ggp


विराटनगर । चारु साहित्य प्रतिष्ठान नेपालले विराटनगरमा एक विशेष कार्यक्रमका विच विभिन्न जिल्लाका साहित्यकारहरुलाई सम्मान गरेको छ।
सम्मानित हुनेहरुमा कार्यक्रमका प्रमुख अतिथि डा. घनश्याम परिश्रमीलाई उत्कृष्ट सम्पादक पुरस्कार २०८० द्वारा सम्मान गरिएको छ । विशिष्ट अतिथि भारतीय साहित्यकार डा. दीपक गोस्वामीलाई वीरमणि नेपाल भारत साहित्य सेतु सम्मान २०८० द्वारा सम्मान गरिएको छ ।
यस्तै चारु साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनाललाई जुनेली रात चारु सङ्ग्रहका निमित्त चारु प्रवीण पदक २०८० द्वारा विभूषित गरिएको छ । त्यसैगरी ललितपुरका स्रष्टा सीताराम घिमिरेको नवर्सीने वादल चारु सङ्ग्रहका निम्ति चारु प्रवीण पदकद्वारा सम्मान गरिएको छ। अर्का मोरङका स्रष्टा सुन्दर प्रसाद रिजाललाई भिजेको सिरानी चारु सङ्ग्रहका निम्ति चारु प्रवीण पदकले विभूषित गरिएको छ।
विराटनगरका साहित्यकार रोहिणी रसिकलाई साहित्य साधना सम्मान द्वारा सम्मानीत गरिएको छ । चारु कृतिका समालोचक भवानी प्रसाद पोख्रेललाई चारु समालोचना सम्मान २०८० द्वारा सम्मान गरिएको छ । स्रष्टा सम्मान यस कार्यक्रमको सञ्चालन चारु प्रवर्तक डा. देवी पन्थीले गर्नुभएको थियो । विभिन्न वरिष्ठ साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।
