
Srbpu
Gfs
Pbu
Ggp
cjs
Rgp
pku
Ses
Lnp
Pes
Unsku
Sgr
Djs
Rgp1

Vor
Bbu
nsb
Rgu
Rsb
Gst
Tsm
Sls
Wsp
Rgs
Pvg
Rgu
Hal
Ssm
Ksm
Asm
Sbs
Bbbpu
Ggd

Abd
Mks
Syp
Ptm
Gsb
bbt
Bml
Jmb
Pls
Jmb
sab
Rpp
Rmb
प्युठान । अर्घाखाँची र प्युठानको संगम स्थल निदेनीगैरामा झोलुङ्गेपुल निर्माण भएको छ । प्युठानको ऐरावती गाँउपालिका वडा नम्बर ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर ५ को संगमस्थल छापेखोलामा झोलुङ्गेपुल निर्माण भएको हो ।
पुलको उद्घाटन गदै भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले पुलले दुई जिल्लाको सम्बन्धलाई जोड्ने बताउनु भयो । कृषकहरुको खेतियोग्य जमिन दुबै तर्फ पनि रहेकाले बर्खाको समयमा ठुलो खोला आउने भएकाले कृषकलाई कृषि उपज ओसार पसारमा पनि सहज हुने उहाँले बताउनुभयो । साथै नगर प्रमुख थापाले दुई जिल्ला जोड्ने पुलको नाम मितेरीपुल राखेको समेत घोषणा गर्नुभएका हो ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जय गोपाल श्रेष्ठले आवश्यकताको आधारमा पुल निर्माण गरिएको बताउनुभयो । नगरपालिकाको मातहतमा सम्पन्न भएको पुलको प्राविधिक सहयोग ग्रामिण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँचीले गरेको संस्थाका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीले बताउनुभयो । ४४ लाख १२ हजार ९ सय २२ रुपैयाँमा निर्माण भएको पुल ७७ मिटर लम्बाई रहेको छ । पुलबाट २ सय ५९ घरपरिवार लाभान्वित हुने पत्रकार सागर महतले बताए ।
