
Ses
Rgp1
Ggp
Srbpu
Pes
Pbu
Sgr
Rgp
Unsku
cjs
Lnp
Gfs
pku
Djs

Ggd
Rgu
Rsb
Hal
Pvg
Wsp
Sbs
Rgs
Vor
Tsm
Ssm
Bbu
Ksm
Sls
nsb
Rgu
Gst
Bbbpu
Asm

Bml
Abd
Pls
Gsb
Mks
Syp
Rpp
Ptm
sab
Jmb
Jmb
bbt
Rmb
दाङ । गढवा गाउँपालिका अन्तर्गत बडहरामा रहेको कुलपानी हरित पार्कलाई नमुना पार्क बनाउने गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताएका छन् ।
पार्कको आकर्षण बढाउन सो प्लान्ट देखी सुन्दर फुलका विरुवा रोपणमा गढवा गाउँपालिकाले सहयोग गरेकोमा सो विरुवा तथा सो प्लान्ट रोपणकार्यको उद्घाटन गर्दै सो योजना बारे अध्यक्ष पोख्रेलले बताएका हुन् ।
कुलपानी हरित पार्कको सुन्दरतालाई बढाउनका लागि यस आर्थिक वर्षमा वन बातावरण शिर्षकको बजेटबाट गाउँपालिकाले करिव ६ लाख बढि सहयोग गरेको छ । विभिन्न प्रजातिका फुल तथा सदावहार हरियो रहने विरुवाको रोपण संगै पार्कको आकर्षण बढाउन बाटो तथा नालीको समेत निर्माण गरिएको छ ।
गढवा गाउँपालिकाले पर्यापर्यटनको विकासको लागि कुलपानी पार्कलाई आर्थिक,नैतिक तथा सामाजिक तवरले सहयोग बढाएकोमा जनप्रतिनिधि, कर्मचारीलाई पार्क ब्यवस्थापन समितिका अध्यक्ष नवराज शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।
त्यस्तै कुलपानी सामुदायिक वन उपभोक्ता समुह बडहराकोे कुलपानी हरित पार्क, सिमसार संरक्षण, बन्यजन्तु संरक्षण,वनमा आधारीत आय आर्जनको कार्यक्रम,दिगो वन ब्यवस्थापन कार्य सफल मानीदै आएको छ । यस आर्थिक वर्षमा दाङ जिल्ला प्रथम वनको रुपमा समेत कुलपानी वन समुह रहेको छ ।
