
Unsku
Ses
Ggp
Srbpu
Rgp
Rgp1
Djs
Pes
Gfs
Pbu
Sgr
Lnp
pku
cjs

Rgu
Bbbpu
Tsm
Ggd
Ksm
Pvg
Rgs
Sls
Hal
Ssm
Sbs
Asm
Wsp
Gst
nsb
Rgu
Rsb
Bbu
Vor

Bml
Abd
Jmb
Mks
sab
Ptm
bbt
Syp
Jmb
Rmb
Rpp
Pls
Gsb
दाङ । गढवा गाउँपालिका रोजगार सेवाकेन्द्रको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरि पालिका स्तरिय रोजगार सम्बाद मन्च गठन गरिएको सेवाकेन्द्रका संयोजक अशोक कुमार यादवले जानकारी दिनुभयो ।
गढवा गाउपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको अध्यक्षतामा भएको कार्यक्रमले उपाध्यक्ष को संयोजकत्वमा १३ सदस्यीय रोजगार सम्बाद मन्च गठन गरेको हो । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका २०७५ को दफा २७ बमोजिम कार्यक्रमलाई थप प्रभावकारिता दिन मन्च गठन गरिएको पालिकाले जनाएको छ । २०७५ फागुन १ देखि तात्कालिन प्रधानमन्त्री केपि शर्मा ओलिको कार्यकालबाट नेपालका सबै स्थानिय तहहरुमा यो कार्यक्रम लागू भएको थियो ।
नागरिक स्तर सम्म कार्यक्रमको औचित्य र प्रभावकारिता बढाउन र बेरोजगार नागरिकहरुलाइ रोजगार प्रबर्द्धनमा जोड्न तथा विभिन्न परिमार्जित कार्यक्रम सन्चालन गर्नेगरि सल्लाह सुझाव लिनेदिने र समन्वयात्मक भुमिका निर्वाह गर्ने उद्देश्य अनुरुप सम्बाद मन्च तयार गरिएको पालिकाले जनाएको छ ।
पालिकाका उपाध्यक्ष शारदा चौधरिको संयोजक रहेको उक्त समितिमा सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत आशिष् चौधरी,आर्थिक बिकास समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हरिभगत चौधरी, कार्यपालिका बाट वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा, उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगर, नागरिक समाजबाट खगेश्वर शर्मा,निजि बिद्यालयबाट दिपक कुमार यादव,मुक्त कमलरी बिकास मन्च बाट सुनिता चौधरी,संघ संस्थाबाट सिपि नेपालका सरिता चौधरी,सन्चारकर्मी बाट पत्रकार शिबराज पन्थी,सहकारी सन्जालका अध्यक्ष बेगम गहतराज,सदस्य सचिवमा रोजगार सेवाकेन्द्र प्रमुख अशोक कुमार यादव र निर्माण ब्यवसायी बाट १ स्थान रिक्त राखी १३ सदस्यीय मन्च गठन गरिएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ ।

