
Rgp1
Unsku
Lnp
Pbu
Djs
Rmb
Srbpu
Cps
Pes
Gfs
Ggp
Gis
sbs
Rgp
pku
cjs
Sgr
Rgp
Sds

Rgu
Ssm
Rgu
nsb
Bbu
Pvg
Sls
Rgs
Tsm
Gst
Wsp
Hal
Rsb
Sbs
Vor
Ksm
Bbbpu
Ggd
Asm

Abd
Bml
bbt
Pls
sab
Jmb
Rpp
Rmb
Mks
Ptm
Gsb
Syp
Jmb
दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत लमही आँखा अस्पतालको आयोजनामा विश्व दृष्टि दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार क्षेत्र सँगै राप्ती गाउँपालिका पुरै,गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई समेटेर बनेपछि आँखा अस्पताललाई पनि प्रादेशिक अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताए । नेपाल नेत्रज्योती संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले दृष्टि नरहे संसार नहुँने भएकाले आँखा बचाउन सवैले ध्यान दिनुपर्ने बताएका थिए । साथै उनले दाङ देउखुरीमा राजधानी आएकोले सानातिना समस्यामा विवाद गरिरहनु उचित नहुने भन्दै अव राजधानीका देउखुरी भ्यालीभर मास्टर पलाउन बनाउनु आवश्यक रहेको र त्यसका लागि सवैले सहयोग गर्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा लमही नगरपालिकाकी उप प्रमुख देवका बेल्वासे, नेपाल नेत्रज्योती संघ दाङका उप सभापती रेशमबहादुर खड्का, वडा अध्यक्षहरु नेपालु चौधरी, मेघनारायण चौधरी, नुमराज पौडेल, नेपाल नेत्रज्योती संघ लम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह, रोटरी क्लव देउखुरीका अध्यक्ष रविलाल आचार्य, पत्रकार राधेश्याम गुप्ता, उमाकान्त पन्त लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वडाध्यक्ष चौधरी सम्मानित
लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरी र उनका बुवा कृष्ण चौधरीलाई नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पताल सम्मान गरेको छ ।
नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालले आयोजना गरेको विश्व दृष्टि दिवसको अवसरमा नेपालु चौधरीले लमही आँखा अस्पतालको परिसर भित्र आँखा उपचार सेवा लिन आउनु हुने सेवाग्राहीका लागि कान्छा भतिजो स्वः सुशील चौधरीको स्मृतिमा चार लाख पैतिस हजार पाँच सय त्रिपन्न रूपैयाँमा प्रतिक्षालय निर्माण गरि हस्तान्तरण गरेका छन् । सोहि अवसरमा वडाध्यक्ष चौधरी र उहाँको बुवालाई लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेले सम्मान(पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको हो ।
