
Ggp
Unsku
Rgp1
Pbu
Sgr
Lnp
Srbpu
Rgp
pku

Bbu
Tsm
Ssm
Rsb
Sbs
Ggd
Gst
Hal
Pvg
Vor
Wsp
Sls
Bbbpu
Ksm
Rgs
nsb
Rgu
Asm
Rgu

Syp
sab
Jmb
Abd
bbt
Mks
Bml
Rpp
Pls
Jmb
Ptm
Gsb
Rmb
बाँके । बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ। सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।
ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरुमा थकान हुँदा दुर्घटना निम्तने खतरा छ ।
सुत्न नपाइ लामो समयसम्म गाडी चलाउनु पर्ने बाध्यता, तीब्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीको अध्ययनले बताउँछ । यिनै कारणलाई रोक्न बाँके ट्राफिकले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बाँकेको चप्परगौरी, सुनवल, नाकढुंगा, सर्लाहीमा मोवाइल एफमार्फत लामो दुरीमा दुई जना चालक भए नभएको निरीक्षण गर्ने व्यवस्था छ । तर यसको कार्यान्वयन भने शून्य जस्तै छ । जसका कारण दुर्घटनाको जोखिम कायमै छ । दुर्घटना न्यूनीकरण गर्न बाँके ट्राफिक प्रहरीले ठाउँठाउँमा स्पिड राडार गण द्धारा गति मापन गरेर चालकलाई कारवाही गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो ।
त्यस्तै चालकले मादक पदार्थ सेवन नगरेर गाडी चलाउने, गाडी गुडाउनु अघि गाडीको पाठपूर्जाको अवस्था ठिक भए नभएको राम्रोसँग जाँच गर्ने, ओभरलोड नहाल्ने हो भने पनि धेरैहद सम्म दुर्घटना न्यूनीकरण गर्न सकिने अधिकारीहरुको भनाइ छ ।


