
cjs
Ses
pku
Pbu
Gfs
Ggp
Srbpu
Unsku
Pes
Rgp
Sgr
Rgp1
Lnp
Djs

Sls
nsb
Gst
Rgu
Hal
Sbs
Rgu
Asm
Bbbpu
Vor
Tsm
Ssm
Bbu
Rsb
Wsp
Rgs
Ksm
Pvg
Ggd

Pls
sab
Jmb
Ptm
Rpp
Jmb
Gsb
Rmb
bbt
Abd
Syp
Bml
Mks
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।
मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्।
शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। घटनापछि धीरेन्द्र र उनका बुबा भने फरार भएका छन् । तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका-५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे धीरेन्द्रसँग गराएका थिए।
बिहेअघि कबोल गरेको दाइजो आर्थिक अवस्था कमजोर भएको कारण दिन नसकेको भन्दै उनले मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री दिन पटकपटक छोरीमाथि दबाब दिएको बताए । विजयशंकरका अनुसार राति ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीको हत्या भएको बताएपछि प्रहरीलाई खबर गरेका थिए।
यता, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगर घटना भएको बताउँदै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको जानकारी दिए।
