
Sgr
cjs
Gfs
Srbpu
pku
Pes
Ses
Unsku
Pbu
Rgp1
Djs
Ggp
Rgp
Lnp

Asm
Bbbpu
Ksm
Rgu
Bbu
Wsp
Sls
Ssm
Rsb
Gst
Vor
Rgs
Tsm
Rgu
Sbs
Hal
Ggd
nsb
Pvg

Mks
Pls
Gsb
Jmb
Bml
Abd
Jmb
Rpp
Syp
Rmb
Ptm
bbt
sab
रौतहट । बैंक खाताबाट रकम चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। रकम चोरी गरेको आरोपमा रौतहटको वृन्दावन नगरपालिका–३ निवासी रामेश्वरराय यादवको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट जेठ ५ गते गैरकानुनी रूपमा ९ लाख ट्रान्सफर गरेको आरोपमा उनीहरू पक्राउ परेको हुन्।
अवैध रूपमा बैंक खाताबाट रकम चोरी गरेको आरोपमा उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको ९ लाख रकम जेठ ५, ६ र ७ गते दैनिक ३ लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगर–१६ नगवाका २१ वर्षीय राजनारायण चौरासिया, वडा नम्बर १९ केहुनी विन्दावासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा वैदेश्वर गाउँपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दीपे सदा र २३ वर्षीय श्रवण दास रहेका छन्।
त्यस्तै प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाइकल १ थान र ६६ हजार नगद बरामद गरेको हो । उनीहरूले अनधिकृत रूपमा ट्रान्सफर भएको रकम एटीएमबाट गैरकानुनी तवरले निकाली आर्थिक लाभ लिने गरेका थिए। पक्राउ परेकाबाट प्रहरीले मोबाइल ६ थान, विभिन्न व्यक्तिका बैंकको एटीएम १५ थान, मोटरसाइकल १ थान र ६६ हजार नगद रकम बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
