
Pbu
Sgr
Rgp1
Rgp
Ggp
Gfs
cjs
Pes
Lnp
Ses
Unsku
Djs
pku
Srbpu

Asm
Bbbpu
Sls
Ksm
Wsp
Gst
Bbu
Vor
Ssm
Ggd
Rgu
Rsb
nsb
Rgu
Sbs
Hal
Tsm
Pvg
Rgs

Syp
Gsb
bbt
Bml
Mks
Ptm
Rmb
Jmb
Pls
sab
Jmb
Rpp
Abd
दाङ । राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ का कास अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएरात्रि राजपुर ५ जंग्रहवा चोकमा गाडी अनियंत्रित भएर दुर्घटना हुँदा बिक गम्भीर घाइते भएका थिए ।
कालाकाटे-सिक्टा जोड्ने हुलाकी सडकमा अहिले बाटो पिच र नाली निर्माण हुँदै छ । नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका बिक लडेर सिमेन्टबाट निर्माण भएको बल्क इट्टामा ठोक्किएको प्रहरीले बताएको छ । बिकको बल्क ईट्टामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बिकलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रम आज बिहान ४ बजे मृत्यु भएको हो ।
शान्ति नगर गाउँपालिका वडा नम्बर ७ खैरेनी घर भएका अन्दाजी ३३ वर्षीय निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत रहेका थिए । स्वास्थ्य चौकीमा कुनै प्रमुख नभएपछि अहिले उनलाई निमित्त प्रमुखको जिम्मेवार दिइएको थियो ।
त्यस्तै मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा चोट लागेको र अहिले रोकालाई वडा प्रहरी कार्यालय लमहीको नीग्रानीमा कृपया मेडिकल हलमा उपचार भइरहेको छ । उपचार पस्च्यात रोकालाई ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाई आवश्यक अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो । मृतक बिकको सबलाई आफन्तले वास्तविक घटना थाहा नपाउदासम्म नल्याउने भनेपछि अहिले बिकको सबलाई कोहलपुर मेडिकल कलेजमै राखिएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम रोकाले जानकारी दिनु भयो ।
त्यस्तै यता राजपुर गाउँपालिकाले शोक बिज्ञप्ती जारी गरेको छ । राजपुर गाउँपालिकाको स्वास्थ्य चौकी गंगदीमा इन्चार्जको रुपमा कार्यरत सि.अ.हे. व.तारा प्रसाद बिक एक मिहिनेती,कर्मठ तथा इमानदार कर्मचारी गुमाएको प्रति दुख व्यक्त गर्दै बिज्ञप्ती जारी गरेको हो ।
