
Djs
Rgp
Pes
Ggp
Unsku
pku
Gfs
cjs
Ses
Pbu
Rgp1
Srbpu
Lnp
Sgr

Rgu
Bbu
Tsm
Sls
Wsp
Ksm
Sbs
Bbbpu
Rgu
Rsb
Pvg
Ggd
Rgs
Gst
Asm
Vor
nsb
Ssm
Hal

Bml
Jmb
Pls
Gsb
Rmb
Mks
sab
bbt
Rpp
Jmb
Abd
Ptm
Syp
दाङ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ ।
दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी सुशील बैधको प्रमुख आतिथ्यतमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बैधले नेपालको सामुदायिक वन कार्यक्रम बिश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जन सहित वन तथा वातावरणको संरक्षणमा लाग्न सवैलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत श्रेष्ठले यो बर्ष दाङमा तीन लाख बढि बिरुवा रोप्ने लक्ष्य अनुसार आजदेखि काम थालिएको बताए । ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने काम आजदेखि शुरु भएको उनको भनाई थियो । राष्ट्रिय बृक्षरोपण दिवसका अवसरमा आज बिभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५ हजार बढि रोपिएको जानकारी दिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरी, गौरी सामुदायिक वन समूहका अध्यक्ष हिरालाल चौधरी, वडा सदस्य शरद डागी, सहायक वन अधिकृत अनन्त डाँगी, कृष्णसेन बहुप्राविधिक शिक्षालयका प्रशिक्षक प्रकाश ढकाल लगायतकाले बोलेेका थिए । सहायक वन अधिकृत अर्जुनप्रसाद चापागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।
बैज्ञानिक पार्कमा पनि बृक्षरोपण :
घोराही उपमहानगरपालिका वडा नं १ मा रहेको आधारभूत विद्यालय सिमलतारामा डिभिजन वन कार्यालयको सहयोगमा निर्माण गरिएको बैज्ञानिक पार्कमा पनि राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष राममणि पाण्डेयले पार्क क्षेत्र विद्यार्थीहरुका लागि अध्ययनको राम्रो थलो भएको चर्चा गर्दै पार्क परिसरमा लगायएको बिरुवा हुर्काएर हराभर गराउने प्रतिवद्धता ब्यक्त गरे । आफूहरुले वन तथा वातावरण संरक्षणमा ध्यान दिएकै कारण हरियाली बढेकाका कारण अनेत्र गर्मी र पानीको हाराकार हुदा पनि आफ्नो वडामा त्यसको अनुभूति नभएको वडाध्यक्ष पाण्डेयको भनाई थियो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले बैज्ञानिक पार्कलाई सिकाईको थलोका रुपमा बिकास गर्ने गरी कार्यालयले काम गरिरहेको बताए । बसन्त हरियाली क्षेत्रमा पनि बृक्षारोपण राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं ४ स्यालापानीमा रहेको निर्माण भएको पोखरि र निर्माणाधिन पिकनिक स्पोट परिसरमा बृक्षारोपण गरिएको छ । वन समूहका अध्यक्ष पदम योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन र वातावरणको संरक्षणले समाजमा पुग्ने फाइदाका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष मधुसुदन घिमिरेले वन तथा वातावरणको संरक्षणका लागि वडाले योजना नै बनाएर अघी बढेको बताए । कार्यक्रमको सहजीकरण वन समूहका कार्यालय सचिव बलदेव अधिकारीले गरेका थिए ।
