
Ggp
Sgr
Pbu
cjs
Pes
Ses
Unsku
Rgp1
Lnp
Rgp
Srbpu
pku
Djs
Gfs

Hal
Rgu
Vor
Bbu
Pvg
Sls
Rgu
Ksm
nsb
Ssm
Wsp
Tsm
Rsb
Asm
Ggd
Bbbpu
Gst
Rgs
Sbs

Abd
Jmb
Bml
Jmb
Rpp
Mks
bbt
Rmb
Gsb
sab
Pls
Syp
Ptm
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई साथ त दिएको छ तर यसमा भने महासंघ कपिलवस्तुले आफ्नै तरिकाले शुद्धिकरण गरेको छ ।
त्यस्तै केन्द्रिय निर्देशन अनुसार कपिलवस्तु महासंघले कुनै पनि संस्थामा जागिरे,राजनैतिक पद धारण गरेका व्यक्तिहरु लगायतको पत्रकार सदस्यता नविकरण नगर्ने भनेको थियो । तर यता कपिलवस्तु शाखाले पत्रकार महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष डिलाराम भुसालको संयोजत्व रहने गरि शुद्धिकरण अभियान चलाएको थियो ।
कुल सदस्य संख्या १९३ रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अहिले शुद्धिकरण भन्दै १२० जना पत्रकारको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो । तर महासंघले पठाएको ७३ जनाको मात्र नविकरण गर्ने भन्दै प्रदेश समितिलाई पठाएको छ तर शुद्धिकरण समितिले १२० जना शुद्धिकरण गर्ने नमिल्ने भन्दै ७३ जना भित्र समेत जागिरे,विभिन्न राजनिति दलका व्यक्ति,निजि विद्यालय तथा वित्तिय संस्था सञ्चालकहरु रहेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको निर्देशन अनुसार भने कपिलवस्तु महासंघले ७३ जना विभिन्न दलको कोटा अनुसार सिफारिस गरेको छ । महासंघले सिफारिस गरेको मध्ये शुसिला बेल्बासे, नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुन् भने बाबुराम रायमाझि वाणगंगा नगरपालिकाबाट सरकारी तलब खाने कर्मचारी हुन्, सिफारीस गरेको चिन्ता परियार ने.क.पा माओवादी केन्द्र शिवराज नगरका अध्यक्ष हुन् ।
यस्तै कपिलवस्तु शाखाले पठाएका कुलराज भुसाल सिदार्थ क्याम्पसमा पढाउन्छन् भने प्रेस चौतारीका विकाश थापा मुस्लिम आयोगबाट सरकारी सेवा लिएका पत्रकार हुन् । सिफारीसमा परेकि सरिता ज्ञवाली रेडियो बुद्ध आवाजकि पुर्व कर्मचारी हुन् भने हाल एन.जि.ओ मा जागिरे छिन् । प्रेस युनियनका दिपक भण्डारी भने एन.जि.ओका कर्मचारी हुन् यस्तै माओवादीबाट पुर्व कृषि मन्त्री बलदेव खनालका स्वकिय सचिव सरोज खनाल भने बित्तिय संस्था तथा निजि विद्यालय सञ्चालक हुन् । उनि हाल कुनै मिडियामा आबद्ध छैनन् । प्रेस सेन्टरका राजेश कुर्मी चौधरी शिवराज नगरपालिकाको कर्मचारी, माधव बेल्बासे नेपाल आदर्श बहुमुखी क्याम्पसको लेखापाल,बलवन्त गुप्ता गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति सदस्य हुन् ।
यता कपिलवस्तु शाखाले गरेको शुद्धिकरण अभियान कपिलवस्तु शाखा समितिका केहि व्यक्तिहरुले बिरोध गरेका छन् । समितिका सदस्य नारद कुवंर, कोषाध्यक्ष महोन बेल्वासेलाई बैठकमा खबर नगरि मनोमानि तरिकाले सिफारिस गरिएको हो । हुन् त शुद्धिकरण अभियानका संयोजक डिलाराम भुसाल पत्रकार भन्दा धेरै व्यपारीका रुपमा चर्चित छन् । यस्तै वृजेश जेसवाल भने सिनेमा सप्तरङका सञ्चालक हुन् । यस्तै जिल्लाका वरिष्ठ पत्रकारका रुपमा रहेका विकास बन्जाडे माहुरी संघमा कार्यरत्त छन् । महासंघले वाणगंगा एफएमका स्टेसन म्यानेजर गणेश पोख्रेलको समेत सदस्यता नविकरण गरेको छैन् ।
त्यस्तै जिल्लाका केहि ठुला भनिने पत्रकारहरुले प्रेस युनियन, प्रेस चैतारी, प्रेस सेन्टर, समाजवादी पार्टीको प्रेस संगठनलाई कोटा सिस्टममा राखेर सदस्यता नविकरण गरेका छ । अहिले पत्रकार महासंघ कपिलवस्तुको भने कार्य समितिले नै शुद्धिकरण अभियानको बिरोध गरेको छ ।
