
Pes
Pbu
Rgp
Gfs
cjs
Djs
Lnp
Srbpu
Ggp
Ses
pku
Sgr
Unsku
Rgp1

Bbbpu
Ksm
Sls
Wsp
Asm
Ggd
Rsb
Ssm
Rgs
Vor
Hal
Gst
nsb
Sbs
Pvg
Bbu
Tsm
Rgu
Rgu

Jmb
Pls
Bml
Jmb
bbt
sab
Ptm
Abd
Rpp
Gsb
Mks
Syp
Rmb
दाङ । एकातिर लागु औषध शेवनले मानसिक तथा सारिरिक रुपमा शिथिल पारी,ब्यक्तिको सोच्ने शक्ति क्षीण पार्छ भने मानसिक सन्तुलन गुम्नुको साथै यसले घरपरिवारमा समेत तनाव उत्पन्न गर्द छ ।
घरपरिवारमा झैझगडा हुन्छ भने कतिपय दुर्वेसनी आत्मा हत्या गर्न सम्म पुग्छन भने अर्को तिर लागु औषध सेवन,संचित,भण्डारण तथा ओसारपसार नेपालको कानुन बिपरितहो र यसमा हदै सम्मको कानुनी कार्वाहीको प्रावधान रहेको कुरामा आज एक कार्यक्रमका बक्ताहरुले चर्चा गरेका छन् ।
देउखुरीको लमही-६ देउपुरमा रहेको केयर भिजन सुधार गृहको आयोजना तथा देउखुरी पब्लिक स्कुल र वडा प्रहरी कार्यालय लमहीको समन्वयमा सोमबार लमहीमा आयोजना गरिएको ३६ औं लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सहभागी बक्ताहरुले लागु औषध सम्बन्धि चर्चा गरेका हुन् ।
केयर भिजन सुधार गृहबाट वडा प्रहरी कार्यालय लमहीका सुरक्षाकर्मी, देउखुरी पब्लिक स्कुलका शिक्षक, विद्यार्थीहरु, वडाका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सम्लित र्यालीले ब्यानर, विभिन्न किसिमका चेतना मुलक नारा लेखिएका प्ले कार्ड बोकि चेतना मुलक जिंगलका साथ लमही बजार परिक्रमा गरि बसपार्कमा पुगि कार्यक्रमा परिणत भएको थियो ।
उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक बिष्णु बहादुर केसीले लागु औषधको मात्रा हेरि कानुनी प्रावधान रहेको बताए । ३ महिना देखि जन्म कैद सम्मको सजाय लागु औषधमा संलग्न ब्यक्तिहरुलाई हुन सक्ने र लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजायको प्रावधान समेत रहेकोछ। कुनैकुनै बाहिर देशहरूमा त लागु औषधका केसहरुमा मृत्युदण्डको समेत व्यवस्था रहेको प्रनानि केसी भनेका छन् ।
त्यस्तै देउखुरी पब्लिक स्कुलका शिक्षक तथा केयर भिजन सुधार गृहका काउन्सिलर दिपक खनालले लागु औषधको परिभाषा,यस्को प्रयोगले समाज तथा परिवारमा पार्ने नकारात्मक असर र स्वंय ब्यक्तिमा पार्ने गम्भीर असरका बारेमा बताएका थिए । त्यस्तै वडा नम्बर ६ का वडा सदस्य मन्सरी रसाइलीले बाल बच्चा उमेर देखिनै जाँडरक्सी,चुरोट,बिडि,खैनी जस्ता दुर्वेसनीबाट टाढा रहन आग्रह गरेकि थिइन । सुरुमा यिनि चिजको सेवन बाटै लागु औषध सेवन सम्म पुगिने भएकोले सबै चनाखो हुनु पर्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा केयर भिजन सुधार गृहका अध्यक्ष गिरिराज शर्मा समेत १४ जना तथा प्रहरी कर्मचारी तथा विभिन्न संघसंस्थाका सयौंको संख्यामा सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्ष शर्माको निर्देशमा केयेर भिजन सुधार गृहका पवन थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।![]()
