
Rgp1
Ggp
Unsku
Rgp
pku
Pbu
Lnp
Srbpu
Sgr

Sls
Bbu
Rgu
Sbs
Bbbpu
Rgu
Asm
Vor
Hal
Ssm
Ksm
Pvg
Gst
Ggd
Tsm
Rgs
Rsb
Wsp
nsb

Ptm
sab
Abd
bbt
Mks
Gsb
Rpp
Pls
Rmb
Syp
Jmb
Bml
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०८०\०८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रस्तुत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले दोस्रो गाउँ सभाको तेस्रो अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । कृषि क्षेत्रबाट गाउँपालिकाले आर्थिक समृद्धि हाँसील गर्नेगरी नीति तथा कार्यक्रममा समेटिएको छ ।‘कृषि पशुपंक्षि वन पैदावार भरपुर, सुखी समृद्ध र सुन्दर राजपुर’ भन्ने मुल नारा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
त्यस्तै स्थानीय साधन स्रोतलाई उत्पादनसंग जोडेर छिटो प्रतिफल दिने क्षेत्रमा सहभागितामूलक योजनाहरुलाई प्राथमिकतामा राखिएको छ । आर्थिक विकास तर्फ कृषि तथा पशु विकास नीतिलाई अवलम्बन गरिएको छ । किसानलाई मूल बीउ पलब्ध गराई उत्पादन बढाउने, खाद्यान्न तथा तरकारीको बीउ विजनमा अनुदान दिने, अन्नबालीमा देखा पर्ने रोगहरुको लागी बालि उपचार शिविर चलाउने, कृषि योग्य जमिनको माटो जाँच शिविर चलाउने, पशु पालन तथा कृषि पेशामा संलग्न किसानलाई थप प्रोत्साहन गर्न बिशेष तालिम सञ्चालन गर्ने, भौगोलिक क्षेत्र अनुसार पकेट क्षेत्रको निर्धारण गर्दै कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण गर्ने लागत साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास परियोजना कार्यक्रम सञ्चालन गर्दै निरन्तरता दिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
उद्योग बाणिज्य नीतिमा एक स्थानीय तह एक उद्योग ग्रामको लागी राजपुर गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा पर्ने राबे दोभान क्षेत्रलाई उद्योग ग्रामको रुपमा विकास गरिने, स्थानीय उत्पादनको प्रबद्र्धन र बजारिकरणका लागी बेला र जंग्रहवा बजारमा हाट बजारका साथै कृषि उत्पादन संकलन केन्द्र स्थापना गर्दै सञ्चालन गर्ने,गाउँपालिकालाई आत्मनिर्भरत गराउन घरेलु तथा साना उद्योग सञ्चालनमा बिशेष ध्यान दिने उल्लेख छ ।
यस्तै संस्कृति तथा पर्यटन प्रवर्द्धन तर्फ गाउँपालिका भित्रका पर्यटकीय स्थानहरुको पहिचान गरी पर्यटकीय पूर्वाधार निर्माण गर्ने, स्थानीय कला संस्कृतीको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले सबै सरोकारवालाहरुसंग समन्वय गरी राजपुर कला संस्कृती मेला आयोजना गर्ने, कठबेरुवा, गुरुंगखोला, रसरीखोला र माररीखोलामा सञ्चालीत होमस्टे, फोहोरा, मोतिपुरमा अवध ग्राम सञ्चालनको लागी आवश्यक भौतिक पूर्वाधार विकास गर्ने नीति अवलम्बन गरिएको छ ।
त्यस्तै शिक्षा तर्फ कक्षा १० सम्मको शिक्षा निःशुल्क रुपमा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने,कक्षा १२ सम्म निःशुल्क बनाउन थप गर्दै लग्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय र सर्वसुलभ जीवन उपयोगी बनाउन गाउँ शिक्षा नीति तथा योजना बनाई लागु गरिने उल्लेख छ । स्वास्थ्य तर्फ गाउँपालिका बासीलाई प्रदान गर्ने स्वास्थ्य सेवालाई व्यवस्थीतगरी थप गुणस्तरीय र प्रभावकारी बनाउन स्वास्थ्य नीति र स्वास्थ्य ऐन तर्जुमा गरेर कार्यान्वयन गरिने अध्यक्ष बुढाथोकीले बताउनु भएको छ ।
गाउँपालिका जनप्रतिनिधि,कर्मचारी लगायतको उपस्थितिमा सुरु भएको उक्त नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रमको संचालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले गर्नु भएको थियो । त्यस्तै गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले गाउँपालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीलाई असार १० गते दिउँसो १२ बजे गाउँसभाको हलमा सम्पूर्णलाई उपस्थित भइदिन अनुरोध गर्नु भएको छ ।



