
Rgp
cjs
pku
Unsku
Pbu
Sgr
Ggp
Rgp1
Ses
Pes
Gfs
Lnp
Srbpu
Djs

Vor
Ksm
Bbu
Asm
Pvg
Rgu
Tsm
Ssm
Ggd
Bbbpu
Rgu
Wsp
Rsb
Hal
Sls
Rgs
Gst
nsb
Sbs

bbt
Rmb
Bml
Syp
Jmb
Abd
Rpp
Mks
Jmb
Pls
Ptm
sab
Gsb
दाङ । देउखुरी क्षेत्रका बैंकहरुसँग राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बैंकिङ कारोबारका विषयमा छलफल गरेको छ ।
चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बैंकिङ कारोबारका विषयमा छलफल गरेको हो ।
चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको व्याजदर,ऋण प्रवाह, बैंक बाउन्स र सामाजिक उत्तरदायित्व अन्तरगत गर्न सकिने कार्यक्रमका विषयमा छलफल भएको थियो ।
छलफलमा चेम्बरका पदाधिकारी तथा व्यापारीहरुले आ-आफ्ना समस्या तथा गुनासो राखेका थिए । त्यसको जवाफ बैंकका शाखा प्रमुखहरुले दिएका थिए ।
त्यस्तै कार्यक्रममा देउखुरी क्षेत्रका विभिन्न प्रकृतिका बैंकका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । चेम्बरका प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
