
Ggp
Djs
Rgp1
Ses
Pbu
Sgr
Pes
Unsku
Rgp
Gfs
Lnp
cjs
pku
Srbpu

Rgu
Rsb
Ksm
Bbu
Wsp
Pvg
Vor
Sbs
Rgs
Tsm
Gst
Ggd
Bbbpu
Rgu
Hal
Sls
nsb
Ssm
Asm

sab
Ptm
Rmb
Pls
Mks
Syp
bbt
Bml
Jmb
Rpp
Jmb
Abd
Gsb
उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राई विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगेका छन्।
भोजपुरको रामपुर गाउँपालिका वडा नम्बर ८ की राई किशोरीसँग प्रेम विवाह गरेका राईले श्रीमती विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन्। विवाह गरेको ६ महिनासम्म पनि श्रीमती कहिलै छेउ नपरेपछि शंका लागेर नम्वरले उनको गोप्य अंग चिहाएका थिए।
यसरी हेर्दा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि उनी उजुरी बोकेर प्रहरी समक्ष पुगेका हुन। ति किशोरीले किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमानसँग अलग रहँदै आएको खुलेको छ।
यसैबीच ६ महिनापछि नम्वर एकाएक श्रीमती पुरुष भएको भन्दै उजुरी लिएर आएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गरेपनि उनकी श्रीमती अस्वस्थ भएर धरान गएको प्रहरीको भनाई छ।
उनलाई हाईब्लडप्रेसरको समस्या देखिएपछि एम्बुलेन्समार्फत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। हेर्दा महिला जस्तो देखिएपनि राईकी श्रीमती पुरुष नै भएको प्रहरीको अनुशन्धानबाट खुलेको छ। प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा पनि उजुरी दिएका थिए। न्यायिक समितिले उनलाई उजुरीसहित इलाका प्रहरी कार्यालय पठाएको हो।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार नम्वरको श्रीमती बन्ने ब्यक्ति ३१ वर्षीय राजु राई हुन्। बेलका ६ का वडाध्यक्ष वसन्त मगरले राजुले महिलाको भेषमा ठगी गर्न विवाह गरेको आरोप लगाएका छन्। वडाध्यक्ष मगरका अनुसार नक्कली श्रीमती राजुले नम्बरको २ लाख ७० हजार रकम हिनामिना गरेको खुलेको छ।
