
Djs
Rgp1
Ggp
Sgr
Pbu
Pes
Gfs
pku
Rgp
Lnp
Unsku
cjs
Srbpu
Ses

nsb
Bbbpu
Asm
Tsm
Rgu
Bbu
Pvg
Rgu
Vor
Gst
Sls
Rsb
Wsp
Ssm
Ksm
Rgs
Hal
Ggd
Sbs

Jmb
Abd
sab
Rpp
Rmb
Ptm
Pls
Mks
Jmb
bbt
Syp
Bml
Gsb
दाङ । लमहीमा जारी जिल्ला स्तरिय मेयरकप क्रिकेट प्रतियोगितामा शनिबार भएको दोस्रो खेलमा गोरखा स्कुल बिजयी भएको छ ।
मध्यनगर युवा क्लबलाई ७ विकेटले हराउँदै गोरखा स्कुल बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको मध्यनगरले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रन बनाउन सक्यो । मध्यनगरलाई सस्तैमा समेट्न गोर्खाका शुभम खनालले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट हात पारे ।
त्यस्तै निर्मल गुरुङ र विशाल बिक्रम केसीले समान २-२ विकेट लिए भने राज कुमार कुमाल र जीवन खनालले १-१ विकेट हात पारे । मध्यनगरको योगफल तयार गर्न सन्जय कुमालले सर्बाधिक ३ चौकाको मद्धतले २२ रन बनाए । सबिन महरले १३ रन र शिशिर केसीले ११ रन बाहेक अन्यले दोहोरो अंक समेत जोड्न सकेनन् ।
यस्तै ९५ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गोरखाले १४ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । गोरखालाई जित दिलाउन प्रज्वल थापाले ४५ बलमा १० चौका प्रहार गर्दै ६० रन बनाए । अँकित विएमले १४ रन जोड्दै अबिजित रहे भने प्रमेश केसिले ११ रन जोडे ।
वलिङमा मध्यनगरका शिशिर केसीले २ र सुरज जिएमले १ विकेट हात पारे । प्रतियोगितामा शुभम खनाल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा जिल्लाका ११ टिमले सहभागी जनाएका छन । लिग सिस्टममा खेल भईरहेको आयोजक ब्रेन स्ट्रोमिङ इभेन्ट्सका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
