
Sgr
Pes
Unsku
Srbpu
Lnp
Djs
Pbu
Ses
Gfs
Rgp
pku
Rgp1
cjs
Ggp

Sls
Sbs
Rsb
Tsm
Vor
Ssm
nsb
Bbu
Rgu
Hal
Wsp
Rgs
Rgu
Bbbpu
Ksm
Ggd
Gst
Asm
Pvg

Gsb
Ptm
Jmb
Mks
bbt
Pls
Jmb
Rpp
sab
Syp
Rmb
Bml
Abd
दाङ । लमहीमा शनिबारदेखी शुरु भएको टि-२० जिल्ला स्तरिय मेयरकप क्रिकेटको पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्टस क्लब तुलसीपुर बिजयी भएको छ ।
उसले घोराही क्रिकेट एकेडेमीलाई ४ विकेटले पछि पार्दै बिजयी बनेको हो । टस जितेर ब्याटिङ रोजेको घोराही क्रिकेट एकेडेमीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन जोड्यो । घोराहीको योगफल तयार गर्न विषम थापाले ३५ बल खेल्दै ६ चौकाको मद्धतमा ३८ रन जोडे ।
त्यस्तै बिर्सब सेन्चुरीले १९ रन, सुमन दसौदी र शिशिर डिसिले समान १७-१७ रन र आशिष वलिले १२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् । घोराही एकेडेमीलाई सस्तैमा समेट्न त्रिशिद्वेश्वरीका दिवान पुनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । हरिस केसीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने कर्शन रुपाखेती र करन सार्कीले समान १-१ विकेट लिए । १ सय १८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको त्रिशिदेश्वरीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
त्रिशिद्वेश्वरीलाई जित दिलाउन समीर न्यौपानेले ३६ बल खेल्दै ३ चौकाको मद्धतमा २८ रन जोडे । गणेश विक २२ रन, सुदिप नेपाली २१ रन, निर्भिक पाठक १७ रन र हरिश केसी ६ रनमा अबिजित रहे ।
बलिङमा घोराहीका आयुस वलि, राम वरण यादव, अनुप न्यौपानेले समान २-२-२ विकेट लिए । त्यस्तै आवाज गौतमले १ विकेट हात पारेपनि घोराहीलाई जित दिलाउन भने सकेनन् । प्रतियोगितामा म्यान अफ दि म्याच हरिश केसीलाई घोषित गरिएको थियो ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मेयरकप क्रिकेट प्रतियोगिता जारी छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रेन स्टोर्मिङ इभेन्ट्सको आयोजनामा प्रतियोगिता शुरु भएको हो । शनिबार लमहीका मेयर जोगराज चौधरीले प्रतियोगिताको बिधिवत उद्घाटन गरेका हुन् । पहिलो दिनको दोस्रो खेलमा गोरखा स्कुल र मध्यनगर युवा क्लब बिच खेल चलिरहेको छ ।

