दिनेश रैदाश शुक्रबार, आषाढ ०१, २०८०

दाङ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आज बहुउद्धेश्य सभाहल दाङ्को घोराहीमा उद्घाटन भएकाे छ।

राष्ट्रिय बाल चलचित्र महोत्सवको उद्घाटन प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री माननीय रेखा शर्माले गर्नू भएको छ।  महोत्सवको उद्घाटन गर्दै शर्माले भविष्यमा बाल चलचित्र अभियान महोत्सवहरु यस किसिमको गाउँघरमा संचालन गर्ने छ भन्ने आशा,भरोसा र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

आजभोलिका बालबालिका सूचना तथा सञ्चारसङ्ग बढी नजिक भएकोले बालबालिकालाई सचेत र चेतनामूलक कार्यक्रमहरु सिकाउन आवश्यक रहेकाे छ। मन्त्री शर्माले हाम्रा संस्कृतिहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने महत्त्वपूर्ण भूमिका भनेकै चलचित्र र सञ्चारक्षेत्र हो ।

आज असार १ गते शुक्रबारबार दिउँसो करीब २ बजे बाट प्रारम्भ भएको महोत्सवमा विभिन्न संस्कृति झल्काउने सांस्कृतिक झाँकी, टोल समिति, विद्यालय तथा विभिन्न संघ संस्थाका र्यालीसहित महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवमा केन्द्रीय तथा स्थानीय कलाकारहरुको उपस्थिती रहेको थियो ।

महोत्सव असार ३ गते सम्म चल्ने बालबालिकालाई सचेत र चेतनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सव चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी अध्यक्ष्यता, केएल वुढाथोकीको स्वागत् मन्तब्यबाट शुरु भएको महोत्सवको सञ्चालन लोक दोहोरी गायक चन्द्र शर्माले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]