
Pes
Rgp1
Lnp
Unsku
Ses
Gfs
Rgp
cjs
Ggp
Djs
Sgr
pku
Srbpu
Pbu

Wsp
Gst
Rgu
Bbbpu
Rsb
Ggd
Sls
Bbu
Vor
Rgs
Ssm
Ksm
Asm
Sbs
Hal
Pvg
Rgu
nsb
Tsm

bbt
Rpp
Jmb
Gsb
Rmb
Jmb
sab
Pls
Ptm
Abd
Syp
Mks
Bml
दाङ । तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।
मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका १ का विष्णु पुन मगर रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा रोल्पा गंगादेव १ लिबाङ निवासी २३ वर्षिय बल बहादुर ओली, सोही ठाउँ निवासी ४२ वर्षिय दुल बहादुर ओली, सल्यान छत्रेश्वरी गाउँपालिका बस्ने गिता विकका ७ वर्षिय छोरा पवन विक र ६ वर्षिय छोरी स्नेहा बिक गम्भीर घाइते भएका छन् ।
त्यस्तै तुलसीपुर १५ निवासी ३३ वर्षिय खुसिराम चौधरी र गंगादेव १ निवासी ३२ वर्षिय गौसरा ओली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
त्यस्तै सल्यान छत्रेश्वरी गाउँपालिका बस्ने २१ वर्षिय गिता बिक, रोल्पा गंगादेव १ निवासी २० वर्षिय रिता डाँगी र भारत बंगाल कलकत्ता निवासी ३० वर्षिय सादाम हुसेन घाइते भएका छन् । उनीहरु तीन जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
यस्तै जीप सडकदेखि अन्दाजी १०० मिटर तल खसेको प्रहरीले बताएको छ । उक्त जीपमा चालक सहित १० जना सवार रहेका थिए ।
