
Rgp1
Ses
pku
Unsku
Sgr
Djs
cjs
Pbu
Gfs
Srbpu
Pes
Lnp
Rgp
Ggp

Rgu
Sls
Pvg
Rsb
Vor
Wsp
Bbbpu
Ssm
Rgu
Hal
Bbu
Asm
Ggd
nsb
Tsm
Gst
Ksm
Sbs
Rgs

Pls
Bml
sab
Syp
Mks
bbt
Jmb
Gsb
Jmb
Rpp
Abd
Rmb
Ptm
धनगढी । क्षमताभन्दा तेब्बर कैदी,जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगतदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्।
कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ । कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै लागूऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने र कुटपिट गर्ने, गराउनेसम्म हुने गरेको कारागारको विशेष स्रोतले बतायो।
स्रोतले भन्यो, ‘जेलर, पुलिस, नाइके र आउट डोरवालासहितको मिलोमतो हुन्छ। कारागारभित्र बेथिति मौलाउँदै गएको छ । अहिलेको जेलर लास्टै क्रप्ट छ । भित्रै कैदीहरुलाई फोन भित्र्याउने, ड्र्ग, गाँजा, चरेश भित्र्याउने, भित्रै कोठा बनाएर बिक्रि गर्ने, मासिक रुपमा कैदीहरुबाट आर्थिक असुली गर्ने, कही कतै गुनासो गरे कुटपिट गर्नेसम्म हुन्छ।’ अस्ती जेठ २२ गतेको कुटाकुट काण्ड पनि सोही कारण भएको स्रोतको दाबी छ। कारागारभित्रै कुटाकुट भएपछि २२ गते नै जेलको सुरक्षा टिमलाई जिप्रका कैलाली तानिएको थियो। अहिले नयाँ सुरक्षा टिम पठाइएको छ भने सो काण्डपछि १६ जना कैदी अन्यत्र सारिएको छ।
कारागारमा रहेका आउटडोर चौकीदार र नाइकेहरु (सजाय भोगिरहे पनि बाहिर घुम्न पाउनेहरु) नै जेलर र प्रहरीसित मिलेर जेलमै अवैध कार्य गर्नमा सक्रिय रहेको स्रोतको दाबी छ। जेलर तिमिल्सिनाको संरक्षणमा उनीहरुले बाहिरबाट गाँजा, ड्रग्स तस्करी र मदिरा बिक्री र तास खेलाउने गरेका छन्। उनीहरु जेलर,प्रहरी र कैदीसँग मिलेर धन्दा गरिरहेका हुन्छन्।
त्यस्तै स्रोतका अनुसार कारागारभित्र १०० रुपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि १० हजारसम्म र एक खिल्ली गाँजा १०० रुपैयाँ तिरेर पाउने गरेको छ। कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन्। नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा ती मोबाइल भित्र छिराइएको पनि बताइन्छ। कुनै कैदीलाई केही समयको लागि फोन आवश्यक परे चर्को रुपैयाँ लिएर उनीहरु फोन समेत दिने गर्छन्। नाइकेहरुले कैदीहरुबाट नै पैसा उठाएर भित्रै जुवा खेलाउने पनि गरेका छन्। यति मात्रै होइन केही नाइकेहरुले कारागारभित्रै अलग्गै कोठा पनि बनाएका छन्। जुन कोठाहरु दुई लाख बढीमा भाडामा दिने गरेको आरोप लागेको छ।
यी सब बेथितिमा जेलरको प्रमुख हात रहेको हुन्छ। यी गतिविधि गर्न दिएबापत जेलरले मासिक रुपमा एक लाखभन्दा बढी कमिशनसमेत पाउने गरेको कैदीबन्दीहरुको आरोप छ। तर कारागारका जेलर पदमराज तिमिल्सिना भने ती सबै आरोपहरु स्वीकार गर्न तयार छैनन्। उनले कारागारमा चौकीदार नभएर कैदीहरु नियन्त्रणमा समस्या रहेको तर अवैध क्रियाकलाप नभएको दाबी गरे।
उनले महेन्द्रनगरपोष्टसंग भने, ‘हामी त्यस्तो क्रियाकलापको निगरानी गरिरहेका छौँ। अहिले हामी पहिचान गर्ने क्रममै छौं। यसमा केही प्रहरीको पनि मिलोमतो रहेको हुनसक्छ। तर पहिलाभन्दा म आएपछि अहिले प्रशासन टाइट गरेका छौं ।’ डेढ सयजना कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार कैलालीमा अहिले ६ सय ५५ कैदीबन्दी छन्। तीमध्ये ४२ महिला र ४४ भारतीय नागरिक छन्।
किलर ग्याङको धन्दा
कारागार स्रोतका अनुसार कैद भुक्तान गरिरहेका भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्तहरू सहितको समूहले कारागारभित्रै यस्तो अवैध कारोबार र गुन्डागर्दी गर्ने गरेको खुलेको छ। उक्त अवैध कारोबार नियन्त्रणमा जेलर तिमल्सिना असफल भएका छन्। महेन्द्रनगर पोष्टलाई प्राप्त एक भिडियो अनुसार कारागारभित्रै लागुऔषध खैरो हिरोइनको कारोबार हुने गरेको देखिन्छ।
भिडिओमा देखिएका एक अर्धनग्न युवाले लागुऔषध बिक्रीपछि नगद कारोबार गरेको देखिन्छ। कारागारभित्र हरेकजसो कैदीसँग मोबाइल फोन पनि देखिन्छ। कानुनत: कारागार भित्रका कैदीलाई मोबाइल राख्न प्रतिबन्ध हुन्छ । तर,कैलाली कारागारका कैदीहरूले भने कारागारभित्रबाट अवैध कारोबार गर्न मोबाइल फोन प्रयोग गर्ने गरेका छन्।
कारगारका निमित्त जेलर लालबहादुर बोगटीले समेत कारागारभित्र अवैध काम हुने गरेको तथ्यलाई स्वीकार गरे। तर उनले अवैध क्रियाकलाप हुन्छ भन्ने सुनेको भएपनि भित्र खोजतलास गर्दा केही नभेटिने गरेको बताए।
भुपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन्। लम्कीका युवक बडुवालको केही वर्षअघि टीकापुरमा लखेटी–लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। कारागार स्रोतका अनुसार, बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्का सहितको समूहले जेलर तिमल्सिनालाई प्रभावमा पारेर अवैध धन्दा चलाइरहेका छन् । महेन्द्रनगरपोष्टबाट
