
Sgr
Lnp
Rgp
Ses
pku
Ggp
cjs
Srbpu
Pbu
Gfs
Djs
Rgp1
Pes
Unsku

Sls
Rsb
Pvg
Asm
Rgu
Gst
Rgs
Rgu
Ggd
nsb
Bbu
Bbbpu
Sbs
Ksm
Hal
Ssm
Vor
Wsp
Tsm

Jmb
Jmb
Rmb
Ptm
Mks
Rpp
Bml
Syp
sab
Abd
bbt
Pls
Gsb
दाङ । ११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।
बास नेपाल लुम्बिनी प्रदेशको आयोजना एवम् बिभिन्न निकाय तथा संस्थाहरुको सहयोग, सहकार्यमा भ्रष्टाचार बिरुद्ध दोश्रो प्रदेश स्तरीय युवा सम्मेलन शुक्रबार लमही नगरपालिकाको सभाहल सम्पन्न भएको हो ।
११ बुँदे घोषणापत्रको पुर्णपाठ
१. बिगतमा सयौं भ्रष्टाचारका काण्ड र दोषीलाई कार्वाही नगरेरै गुपचुप बनाईयो अहिले देशको छबिलाईनैं धुमिल गराउने गरि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट बिश्वमा बद्नाम हुने स्थिती सृजना भएको छ । व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको छ । त्यसैले यस अपराधमा संलग्न कसैलाई पनि कुनै बाहनामा नछाड्न सम्मेलन जोडदार माग गर्दछ ।
२. सम्मेलन भ्रष्टाचारबिरुद्ध शुन्य सहनशीलताको बिकास गरि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
३. सम्मेलन भ्रष्टाचारबिरुद्ध लुम्विनी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सभाका साँसद र स्थानीय तहका प्रतिनिधिहरुलाई प्रश्न सोधी जवाफदेहिता खोज्ने प्रण गर्दछ ।
४. सार्वजनिक निकायको जवाफदेहिता प्रबद्र्धन गर्नका लागि सूचना माग्ने संस्कृतिको बिकास गर्ने सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।
५. भ्रष्टाचारबिरुद्धका ऐन, नियम, नियमावली अक्षरशः कार्यान्वयन गर्न सम्मेलन सम्बद्धसँग जोडदार माग गर्दछ ।
६. सार्वजनिक सेवा प्रबाहलाई चुस्त, दुरुस्त पार्न सार्वजनिक निकाय समक्ष सम्मेलन अपिल गर्दछ ।
७. आम नागरिकको हक सूचनाको हक सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग सम्मेलन जोडदार माग गर्दछ ।
८. नागरिक गुनासो सुनुवाई सम्बन्धिको कार्यबिधि तत्काल ल्याउन तीन तहकै सरकारसँग माग गर्दै भ्रष्टाचार बिरुद्ध गुनासो सुनुवाईका लागि हेलो लुम्विनी प्रदेश सरकार नामक गुनासो सुनुवाई संयन्त्र बनाउन सम्मेलन माग गर्दछ ।
९. भ्रष्टाचार बिरुद्ध संकल्प प्रस्ताव पारित गर्न लुम्विनी प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।
१०. लुम्विनी प्रदेश सरकारलाई सुशासन ऐन, सूचनाको हक सम्वन्धि ऐन, सार्वजनिक खरिद ऐन लगायत सुशासन प्रबद्र्धन गर्नका लागि आवश्यक ऐनहरु बनाउन जोडदार माग गर्दछ ।
११) विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको अचुचित कार्य र स्टिङ अपरेसन सम्बन्धी कानुनी व्यवस्थालाई पुनरवहाली गर्न सम्मेलन जोडदार माग गर्दछ ।
