
Sgr
Lnp
Rgp1
pku
Pbu
Ggp
Unsku
Srbpu
Rgp

nsb
Sls
Bbu
Gst
Pvg
Asm
Ggd
Wsp
Rgs
Rgu
Tsm
Rsb
Sbs
Vor
Bbbpu
Rgu
Ksm
Ssm
Hal

Jmb
Rmb
Pls
Bml
Abd
Mks
Syp
sab
Ptm
bbt
Gsb
Rpp
Jmb
दार्चुला । दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्।
गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए। आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन्।
उक्त जाहेरीको आधारमा उनलाई बुधवार बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए।
त्यस्तै पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
