
Gfs
Unsku
Rgp
cjs
Lnp
Djs
pku
Pbu
Srbpu
Ses
Rgp1
Ggp
Sgr
Pes

Rgu
Gst
Bbu
Rgs
Sls
Pvg
Bbbpu
nsb
Ssm
Wsp
Rsb
Ksm
Tsm
Asm
Sbs
Ggd
Hal
Vor
Rgu

sab
Rmb
Gsb
Bml
Jmb
Mks
Syp
Ptm
Jmb
Pls
Abd
Rpp
bbt
बाँके । प्रहरीको मिलेमतोमा भारतको रुपैडिहाबाट तस्करहरुले खुलेआम विभिन्न सामान अबैध रुपमा नेपालगन्ज भित्र्याउने गरेको प्रष्ट देख्न सकिन्छ ।
नेपालमा आर्थिक मन्दी संकट भएको बेला व्यापारीहरु धमाधम बिस्थापित हुँदै गर्दा ब्यापारीहरु आत्माहत्या समेत गर्ने स्थितिमा रहेको बेला यता भने जिल्ला प्रहरी कार्यालय बाँकेको सेटिङ्गमा भारतीय बजार रुपैडिहादेखि साईगाउँ परशपुर कोरियनपुर इन्द्रपुर बेलासपुर हुँदै खजुरा रोड धम्बोजी र घरवारि टोलसम्म तस्करीको समानहरु म्याजिक अटोरिक्सा, मोटरसाईकल,स्कुटर,साईकल प्रयोग गरी तस्करहरुले लत्ता कपडा खसी बोका बोइलर कुखुरा फलफूल खाद्यान्न सुर्तीजन्य प्रदार्थ मोटर पार्ट्स हार्ड्वेयर लगाएको सामानहरु भन्सार छलेर भित्र्याउने गरेको ब्यापारीहरुको गम्भीर आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी बिट कोरियनपुर १२ बिटिएसका इन्चार्ज वरिष्ठ हवलदार कृष्ण बोहरालेनै पहरा दिएर गन्तब्यतर्फ पठाउने गरेको प्रत्यक्षदर्शीले बताए छन् । ‘तस्करीको सामानहरु अचेल दिनहुँ जसो १/१ घन्टाको फरकमा खुलेआम रुपमा भित्रिरहेको छ (कोरियनपुर),(बेलासपुर,) (इन्द्रपुर,)स्थानीयहरुले भने ‘मुख्य सडकमा सुरक्षाकर्मी र कर्मचारीले चेकजाँच गरेको देखिन्छ, तर उनीहरुकै पछाडी भित्री बाटोबाट दिन दहाडै रातभर अबैध सामान तस्करी भइरहेको छ । सामान तस्करी भएको देखेपनि नदेखे जस्तो प्रहरीले बहाना गर्छन् ।
यस्तै कोरियनपुर १२ प्रहरी बिट बिटिएस इन्चार्ज वरिष्ठ हवलदार बोहराले ठुलो तस्कर र सानो तस्करसँग मासिक रुपमा रकम नै बुझ्ने गरेका छन् । बिटिएस हवलदार पटकपटक विवादमा पनि आउने गरेका छन् । प्रहरीको युनिफममा नै धेरै पटक रक्सी खाने गाउँ टोलमा जुवा भएको ठाँउबाट पैसा उठाउने गरेको र यस बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीलाई पटकपटक जानकारी गराउदा पनि बेवास्ता गरेको होटल संचालक एवं प्रत्यक्षदर्शीले बताए ।
यता प्रहरी बिट बिटिएसका इन्चार्ज वरिष्ठ हवलदार बोहरालाई लागेको गम्भीर आरोप बारेमा जानकारी गराउदा मेरो ठाँउबाट तस्करी भएको छैन अर्को ठाँउबाट होला भन्दै कसले भनियो भन्दै माथीको सेटिङ्ग होला आफू सानो दर्जाको प्रहरी आदेशको पालना गर्नुपर्ने बताए । स्रोतका अनुसार रातको समयमा भारतबाट तस्करी भएर आउने सामानलाई नेपालगन्जसम्म सहज रुपमा पुर्याउन नेपाल प्रहरीका वरिष्ठ हवलदार बोहरा आफै समेत खट्ने गरेको भिडियो र फोटोमा प्रष्ट देख्न सकिन्छ ।
त्यस्तै यता यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरलाई तपाईंको र वरिष्ठ हवलदारको सेटिङ्गमा तस्करी हुन्छ भनेर जानकारी गराउदा मेरो नाम लिएर तस्करी गराउने हवलदारलाई तत्काल कार्वाही गर्ने बताए साथै बाँकेमा तस्करी नभएको प्रहरीले भएको जति धमाधम पक्राउ नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको पनि बताए ।

