
Sgr
Unsku
Rgp1
Pbu
Gfs
cjs
Djs
Rgp
Lnp
Pes
Srbpu
pku
Ggp
Ses

Asm
Gst
Rgu
Bbu
Sbs
Ggd
Ksm
Rsb
nsb
Tsm
Ssm
Pvg
Sls
Rgu
Rgs
Bbbpu
Hal
Vor
Wsp

Syp
Rpp
Gsb
bbt
Abd
Bml
Rmb
Jmb
Pls
Ptm
Mks
sab
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका जिल्लाकै विकट गाउँपालिकाको रुपमा परिचित छ । देउखुरीको केही समथर भूभागसँगै चुरे पहाड क्षेत्र र नेपाल–भारत सीमा क्षेत्रमा फैलिएर राजपुर गाउँपालिका बनेको छ ।
भौगोलिक रूपमा विकट क्षेत्रका रूपमा परिचित सीमानाका क्षेत्रमा रहेका समस्या र समाधानका लागि गाउँपालिका अध्यक्ष शरद बुढाथोकी नाका पुग्दै आउने गरेका छन् ।
विकास निर्माणको हिसाबले पछि परेका नाकाक्षेत्रका समस्या र समाधानका लागि उपाय सुन्न पालिका अध्यक्ष सीमा क्षेत्रमा पुग्ने गरेका छन् । जनताको गुनासा सुन्नेदेखि विकास निर्माणका कामलाई नाकासम्म पुर्याउन पालिका अध्यक्ष लागेपछि नाकाबासी भएका छन् । सीमा क्षेत्रमा देखिएका समस्या र समाधानका लागि गाउँपालिका अध्यक्षले पहल थालेपछि स्थानीय खुसी भएको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्री नाका निवासी कृष्ण पुन बताउँछन् ।
नाकाबासीले भोग्दै आएका समस्या समाधानका लागि पहल थाल्दा आपूmहरू आशावादी भएको उनी बताउँछन् । आफ्नै देशका सहरसँग जोडिन नसक्दा नाकाबासी दैनिक उपभोग्य सामग्रीदेखि बिरामी हुँदा समेत भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय भने कच्ची सडकले भए पनि गाउँपालिकासँगै अमिलियासम्म जोडेपछि केही सहज भएको उनी बताउँछन् । तर बर्खाको समयमा पानीले पुनः बाटो बिग्रिने हुँदा समस्याको दर्घकालीन समाधानका लागि पहल गरिदिन नाकाबासीको आग्रह छ ।
यसतर्फ पालिकाले ध्यान दिनसके नाकाबासीले वर्षौँदेखि भोग्दै आएको समस्याको समाधान हुने पुन बताउँछन् । ‘नाका क्षेत्रलाई जोड्ने हिउँदे बाटो निर्माण भएको छ तर बर्सातको पानीले बाटो बिग्रिहाल्छ’, उनले भने, ‘त्यसले स्थानीयलाई धेरै अप्ठेरो हुने गरेको छ । यसतर्फ गाउँपालिकाले ध्यान दिए दीर्घकालीन हुनेथियो ।’ उनी नाकाको विकासका लागि पालिकाबाट थोरै मात्र सहयोग भयो भने जनश्रमदानबाट भए पनि धेरै काम गरेर विकासलाई पूर्णता दिन सकिने बताउँछन् ।
स्थानीय सरकारसँगै प्रदेश तथा सङ्घीय सरकारले पनि नाका क्षेत्रको विकासमा पहल गर्न आवश्यक रहेको राजपुर गाउँपालिका–७ सुनपत्री नाकाकै भीमा गुरुङ बताउँछिन् । भौगोलिक कठिनाइसँगै राज्यले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नाकाबासीले बर्सेनि समस्या भोग्नुपरेको भन्दै उनले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरिन् ।
राजपुर गाउँपालिकाअन्तर्गत् वडा नं. १, ६ र ७ नेपाल–भारत सीमा क्षेत्रमा पर्छन् । नाका क्षेत्रमा करिब एक हजार बढी नागरिक बसोवास गर्ने गरेका छन् । नाका क्षेत्रको विकास गर्दै जनतालाई विकासको प्रत्याभूति दिलाउने काममा गाउँपालिका लागिरहेको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउँछन् । उनले जनताको पिरमर्का सुन्न आफु पटक–पटक सीमा क्षेत्रमा पुग्ने गरेको भन्दै क्रमिक रूपमा नाका क्षेत्रमा विकास निर्माणका कामलाई अघि बढाउने अध्यक्ष बुढाथोकी बताउँछन् ।
त्यस्तै सीमित बजेटका कारण एकै पटक विकास निर्माणका कामहरू गर्नसक्ने अवस्था छैन’, गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, ‘त्यसका लागि प्राथमिकताका आधारमा जनतालाई अत्यावश्यक विकास निर्माणका कामलाई अघि बढाउने तयारीमा छौँ ।’ उनले स्थानीय तहबाट हुने पालिकाले र ठूलो योजनाका लागि प्रदेश र संघ सरकारबाट समेत पहल गर्ने उनी बताउँछन् । उनले सडक, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका विकासका पूर्वाधार पुर्याउन लागिपरेको बताए ।
