
Srbpu
Ggp
Lnp
Ses
Rgp1
Rgp
Djs
Unsku
Gfs
Pes
Pbu
pku
cjs
Sgr

Asm
Ssm
Gst
Rgu
Rgs
Ksm
Bbu
Sbs
Ggd
Sls
Hal
Vor
nsb
Pvg
Wsp
Rsb
Rgu
Bbbpu
Tsm

Mks
Rmb
Gsb
bbt
Pls
sab
Bml
Jmb
Syp
Rpp
Jmb
Ptm
Abd
दाङ । पाल्पा प्रदेश नंं. ५ को राजधानी बुटवल कायम गर्नुपर्ने मागसहित पाल्पामा विरोध प्रदर्शन भएको छ । प्रदेश राजधानीको लागि सबै किसिमको पूर्वाधार निर्माण भईसकेको अवस्थामा अस्थायी राजधानीको रूपमा रहेको बुटवललाई नै मान्यता दिनुपर्ने मागसहित नेपाली कांग्रेस पाल्पाले विरोध ¥याली गरेको हो ।
विरोध प्रदर्शनमा सहभागीहरूले प्रदेशको राजधानी सार्न पाइदैन, कम्युनिष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद भन्दै नारा लगाएका थिए ।
तानसेनको पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली आन्दोलन चोक, भिमसेन टोल, नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्ष दलसँग छलफल नै नगरी जनभावना विपरीत प्रस्ताव ल्याउनु गलत भएको बताए । उनले विगतको सरकारले टुङ्गो लगाइसकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने काम वर्तमान सरकारले गरेको उपसभापति ढकालले बताए । अहिले प्रदेशको राजधानी दाङको देउखुरी लैजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता नलिए थप आन्दोलन चर्काउने चेतावनी नेपाली कांग्रेस पाल्पाका कार्यक्रमहरू उद्घोष गरेको उनले बताए ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले केही प्रदेश सांसदलाई मन्त्री बनाउने, केहीलाई विभिन्न प्रलोभन दिएर निरकुंश शैलीमा प्रस्ताव ल्याएको भन्दै सबै जनता मिलेर आन्दोलन चर्काउनु पर्ने नेपाली कांग्रेसका सचिव झपेन्द्र गैरेले बताए । हिजो नेकपाका नेताहरूले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याएको सचिव गैरेले दाबी गरे ।
प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका नेता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो । जिल्लाको रामपुरमा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएपछि नेकपाका जिल्ला नेताहरू भने मौन बसेका छन् ।
