
Gfs
Srbpu
Unsku
Ses
pku
Ggp
Rgp1
Pbu
Djs
Sgr
Rgp
Lnp
cjs
Pes

Gst
Sls
Tsm
Hal
Ggd
Sbs
Ksm
Rgu
Vor
Wsp
Ssm
Bbu
nsb
Rsb
Rgu
Bbbpu
Pvg
Asm
Rgs

Abd
Bml
Rpp
Ptm
Syp
Mks
bbt
Rmb
Pls
sab
Gsb
Jmb
Jmb
नुवाकोट । मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटकाे आयाेजनामा, बेलकाेटगढि नगरपालिका बाघखाेर नुवाकोटको सहयाेगमा द्वन्द्व पीडितहरुकाे लागि आयमुलक ३ दिने कुखुरा पालन सम्बन्धि प्रशिक्षण बेलकाेटगढि ९ हाेटल सुर्यमा मंगलबार सम्म संचालन भएको थियाे ।
उक्त कार्यक्रकाे प्रमुख अतिथि तथा बेलकाेटगढि नगरपालिका नुवाकोटका प्रमुख जगत बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रमकाे संयाेजन तथा सभाध्यक्षता मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेश अध्यक्ष देवकि पाैडेलले गर्नुभएको थियाे ।
प्रमुख अतिथि जगतबहादुर गुरुङले द्वन्द्व पीडितहरुकाे लागि पालिकाले याे पहिलाे कार्य गरेकाे बताउनु भयो । अझै बाकि आगामि ४ वर्ष आफ्नो कार्यकालमा द्वन्द्व पीडितहरुका लागि क्षमता बिकास,जिवनउपयाेगि सीप,आयआर्जनमुलक कामलाई पालिकाकाे कार्ययाेजनामा समावेस गरि लैजाने प्रतिबद्धता शुभकामना मन्तब्यमा क्रममा राख्नु भएको थियाे ।
प्रशिक्षार्थीमा ३१ जना द्वन्द्व पीडित परिवारकाे सहभागिता रहेको छ । आयआर्जनमा सघाउ पुर्याउने उद्देश्यका साथ संचाल गरिएकाे उक्त आवाशिय तालिम पश्चात् प्रमाणपत्र, बिउ पुंजिका साथ कुखुरा र दाना संयुक्तरूपमा प्रमुख अतिथि र अतिथि बेलकाेटगढि नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष काैशिला पुडासैनीबाट प्रदान गरिएको थियाे । त्यस्तै मानव अधिकारका लागि महिला एकल महिला संस्थाका प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवकि पाैडेलले बेलकाेटगढि नगरपालिकाका द्वन्द्व पीडितका परिवारलाई सहयाेग पुर्याउनका लागि यस्ता किसिमको आयआर्जन मुलक प्रशिक्षण मात्र नभई शिक्षाकाे क्षेत्रमा छात्रवृत्तिको कार्यक्रम, सिप बिकासका कार्यक्रमहरु ल्याउने जानकारी दिनु भयो ।
१० वर्षे जनयुद्ध र जन आन्लाेलनले मुलुकमा धेरै परिवर्तन भएपनि कार्यान्वयनमा कमि भएको अवस्थामा बेलकाेटगढि नगरपालिकाका द्वन्द्व पीडित परिवारकाे उत्थानका लागि सदैब बेलकाेटगढि नगरपालिका लागि पर्नुपर्ने,जस्काे लागि राष्ट्रिय भूमि आयाेग सदैब सहयाेग र साथमा रहनेछ भन्ने भनाई कार्यक्रमका अतिथि राष्ट्रिय भूमि आयाेग नुवाकोटका सदस्य सुभद्रा नेपालले वताउनु भएको थियाे ।
यसैगरि पशु प्राविधिक प्रशिक्षक नवीन पुडासैनीले द्वन्द्व पीडित परिवारलाई आयमुलक तालिम संचालमा सहयाेग पुर्याएकाेमा बेलकाेटगढि नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुका भएको थियाे ।
त्यसैगरि तालिमलिई सकेपछि राम्रोसँग व्यवसाय संचालन गर्नकाे लागि हाैसला प्रदान गरि पालिकाले राम्रो र उत्कृष्ट व्यवसाय सञ्चालन गर्नेलाई सम्मानका कार्यक्रम, अनुगमन गरि प्राेत्साहित गरिनुपर्ने भनाइ पुडासैनीले मन्तब्यका क्रममा राख्नु भएको थियाे ।
कार्यक्रममा माओवादि केन्द्र वागमति प्रदेश कमिटी सदस्य नारायण नेपाल,माओवादि केन्द्र बेलकाेटगढि नगरपालिका अध्यक्ष शिव पाैडेल, कार्यपालिका सदस्य गमला लामा,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जानकि मिश्र, कृषि शाखा/आर्थिक विकास शाखाका दिनेश जम्कट्टेलकाे आतिथ्यता रहेको थियाे ।
बेलकाेटगढि नगरपालिकाले द्वन्द्व पीडित परिवारकाे लागि सहयाेगार्थ कार्यक्रमलाई मानवअधिकारका लागि महिला एकल महिला संस्थाले सबैलाई समेटि कार्यक्रम आयाेजना गरेकाेमा धन्यवाद व्यक्त गर्नुका साथै आगामि दिनमा द्वन्द्व पीडित परिवारलाई कार्यक्रमका लागि कार्यक्रम नभई यसै ३ दिने तालिमकाे राम्रो अनुगमन मुल्यांकन गरि थप नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याईनुपर्ने बिचार ३ दिने तालिममा सहभागीहरुकाे प्रतिनिधित्व गर्दै सिकाई तथा अवधारणाका कुरा सहभागीकाे तर्फबाट पुर्ण गुरुङले राख्नु भएको थियाे ।


