
Lnp
Unsku
Pes
Djs
Rgp
Gfs
Pbu
Sgr
Ses
Ggp
cjs
pku
Rgp1
Srbpu

Ssm
Wsp
Rgu
Gst
Pvg
Sls
Tsm
Rgs
Vor
nsb
Bbu
Hal
Sbs
Rgu
Asm
Rsb
Bbbpu
Ggd
Ksm

Rpp
Bml
Jmb
sab
Gsb
Syp
Mks
Jmb
Abd
bbt
Ptm
Rmb
Pls
दाङ । देउखुरीको राजपुर गाउँपलिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यामिक विद्यालयका शिक्षक तथा सिस्ने अनलाइनका रिपोर्टर श्रवण कुमार यादवलाई स्थानीय दुई युवकले कुटपिट गरेका छन् ।
पीडित यादवले दिएको जानकारी अनुसार मंगलबार आज दिउँसो १ बजेको समयमा राजपुर-२ बेलाका स्थानीय आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयको मुख्य द्वारको ताला फोडेर विद्यालयको परिसरमा प्रवेश गरि हेड सर खै भन्दै सोधपुछ गर्दै हेड मास्टरलाई बमले उडाई दिन्छौं,आज पिट्ने भनि आएका छौं भन्दै भित्र छिरेका थिए ।
उनिहरुले हेड सर विद्यालयमा नभएपछि अन्य शिक्षकहरुलाई गाली गलौच गर्न शुरु गरेका थिए भने त्यहाँ भएका अभिलेख बोर्ड तोडफोड गर्न उत्रिएका थिए । यस्तै अधिकारी र कार्कीले विद्यालयकी शिक्षिका रक्षा यादवलाई कोठा भित्रबाट कपालबाट लछारपछार गरि बाहिर तानेका थिए भने अर्का शिक्षिका राधा खनाल माथि पनि हातपात गर्न खोजेपछि मैले मोबाइल निकारेर भिडियो बनाउन लागेको थिए यादवले भने । मैले भिडियो बनाउन लागेको देखेर मेरो मोबाइल खोसेर लगे अनि म र शिक्षक शिवदेब यादवलाई कुटपिट गरे’- यादवले भन्नू भयो ।
गुण्डागिरी शैलीमा विद्यालय भित्र प्रवेश गरि विध्वंस मच्च्याई रहेका बेला विद्यालयका अन्य स्टाफहरु र विद्यार्थी जम्मा भएपछि उनिहरु ढुंगा मुढा गर्दै निस्किएका थिए । अधिकारी र कार्कीले आफुहरुलाई के कति कारणले आक्रमण गरे आफुहरुलाई कुनै जानकारी नभएको शिक्षक यादवले बताउनु भयो । पीडिततहरुले अनाहकमा विद्यालयमा प्रवेश गरि आफुहरुमाथी आक्रमण गर्नेहरुलाई पक्राउ गरि कानूनी कारबाही गर्न जोडदार माग गर्नु भएको छ भने प्रहरीमा उजुरी हाल्नका लागि निवेदन समेत तयार पारेका छन् ।
त्यस्तै उता प्रहरीले शिक्षक तथा पत्रकार यादव माथि कुटपिट गरेर फरार रहेका अधिकारी र कार्कीको खोजी कार्य तिब्र पारिएको बताएको छ ।
