
Pbu
Mbdvs
Gisld
mbd
Sds
Rbs

Hal
Pvg
Sls
Rgs
Ssm
Ggd
Wsp
Tsm
Sbs
Rgu
Vor
Rgu
Asm
Ksm
Rsb
Gst
Bbbpu
nsb
Bbu

Jmb
Gsb
Mks
Ptm
Bml
Abd
Jmb
bbt
Pls
Rmb
sab
Syp
Rpp
दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताउनु भएको छ ।
दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमुखीकरणलाई सम्वोधन गर्दै उहाँले गाली गरेर कांग्रेस अग्लो नहुने तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने दावी गर्नु भएको हो । उहाँले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने, गलत निर्णयका विरुद्ध आवाज उठाउन सक्नुपर्ने बताउनु भयो ।
केही दिन अघी सभापति शेरबहादुर देउवाले गाली गरेर पार्टी नबन्ने धारणा सार्वजनिक गरेपछी त्यसको काउन्टर दिदै महामन्त्री थापाले गलत निर्णयको पक्षमा ताली बजाएर पनि पार्टी नबन्ने जवाफ फर्काउनु भयो। ‘अव पनि हामी बोलेनौं भने, अव पनि प्रश्न गर्न सकेनौं भने, गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ’ उहाँले भन्नु भयो, ‘पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ । पार्टीलाई ठिक ठाउँमा उभ्याउन सक्नुपर्छ ।’
त्यस्तै पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको महामन्त्री थापाको आरोप छ । ‘पार्टीले कहाँ गल्ती ग¥यो भने माथी देखी तल सम्म कांग्रेसको मान्छेलाई हसियाँ हथौडामा भोट हाल्न लगाउने कुरा गल्ती थियो । कांग्रेसको मान्छेलाई कलममा भोट हाल्न लगाउने कुरा कांग्रेसको गल्ती थियो ।’ गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठिक ठाउँमा उभ्याउन सकिने उहाँले बताउनु भयो ।
पार्टी भित्र परम्परागत सोंच र चिन्तन हावी भएको उहाँको दावी छ । ‘केही साथिहरुलाई के लाग्दो रहेछ भने बर्षाैं देखी यसैगरी चल्दै आएको, यसरी चल्दै आउदा चलेकै थियो । चलेकै छ । यि केटाहरु जान्ने भएर आएर यसरी पार्टी चल्दैन भन्ने लाग्दो रहेछ’ उहाँले भन्नु भयो,‘हिजकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौं भने हामीले ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ ।’
नेपाली कांग्रेसलाई बदल्नै पर्ने उहाँले बताउनु भयो । ‘कांग्रेसलाई बदल्न तपाई हामी सबै बदलिनुपर्ने छ । त्यो भन्या निर्वाचन प्रणाली बदलौं । समानुपातीक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राखौं । प्रत्यक्षलाई समावेसी बनाऔं’ उहाँले भन्नु भयो,‘यसो गर्दा कोही संग गठबन्धन गर्न पनि परेन । पार्टीले काविल मान्छेलाई मन्त्री बनाऔं न त ।
पार्टी भित्र माथि देखी तल सम्म भएको सबै गुट भत्काउ त । पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौं त । यही हो बदलिने भनेको ।’ धेरै समय पार्टी र जनप्रतिनिधिको विचको सम्वन्ध, गर्नुपर्ने काम र लिनुपर्ने नितिको बारेमा समय खर्चिएका थापाले पार्टीले तयार पारेको घोषणापत्रको आधारमा काम गर्न उहाँले सुझाउनु भयो ।
नेपाली कांग्रेस प्रशिक्षण विभाग लुम्बिनी प्रदेशले दुई दिन सम्म प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य विनोद चौधरीले मुलुक आर्थिक रुपमा संकटको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराउनु भएको छ ।
यस्तै उहाँले साधारण खर्च बढ्ने तर, पुँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने उहाँले तर्क गर्नु भयो । ‘पुँजीगत खर्चको अवस्था दयनिय छ । साधारण खर्चले मुलुकलाई फाइदा गर्दैन’ उहाँले भन्नु भयो, ‘आर्थिक अवस्था मजवुत बनाउने गरी सरकारले काम गर्नुपर्छ ।’दाङसमाचार
