
Unsku
Pbu
Sgr
Rgp
Pes
Djs
Ses
pku
Lnp
cjs
Ggp
Srbpu
Gfs
Rgp1

Rgu
Hal
Rgs
Ksm
Ssm
Bbu
Pvg
Tsm
Wsp
Gst
Ggd
Bbbpu
Sbs
nsb
Rgu
Rsb
Asm
Vor
Sls

Jmb
Syp
Pls
Gsb
bbt
Abd
Rpp
Bml
Jmb
Rmb
Mks
Ptm
sab
नुवाकोट । विश्व वातावरण दिवस २०८० वृक्षा राेपण तथा प्राेत्साहन कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ५ माझिटार नुवाकोटमा सोमबार सम्पन्न भएको छ ।
विदुर नगरपालिका-५ नम्बर वडा कार्यालय र वडाकै समुन्नतबाल क्लबकाे संयुक्त आयाेजना तथा रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम नुवाकोटकाे र च्वाडि बाल क्लवकाे संयाेजन एवं डिभिजन वन कार्यालय नुवाकाेटकाे सहयाेगमा वृक्षा राेपण तथा प्राेत्साहन कार्यक्रम सम्पन्न भएको हो ।
विदुर नगरपालिका वडा नम्वर-५ का वडा अध्यक्ष लिलानाथ न्याैपानेकाे सभाध्यक्षता तथा बिदुर नगरपालिकाका नगर प्रमुख राजनलाल श्रेष्ठकाे प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय नुवाकोटका सहायक डिभिजनल वन अधिकृत कमल घिमिरे र नेसपा नुवाकोटका जिल्ला अध्यक्ष तथा राजनीति जिल्ला संयन्त्र नुवाकोटका जिल्ला सचिव भगवान राना मगर, बिदुर -१२ का वडा अध्यक्ष उपेन्द्र खड्काकाे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियाे ।
कार्यक्रमा च्वाडि माध्यमिक विद्यालयका रुम टु रिड बालिका शिक्षा कार्यक्रमका सम्पर्क शिक्षक सुलाेचना श्रेष्ठ, च्वाडि बाल क्लबका संरक्षक शिक्षक गणेश बहादुर कुमाल, समाजसेवि नमराज ढुंगाना, बद्रि प्रशाद त्रिपाठी नेपाल नागरिक समाज नुवाकोटका अध्यक्ष, रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमका बरिस्ठ कार्यक्रम सहायक अर्चना चाैधरी, सुरक्षा कर्मी प्रहरी,लाेकप्रिय सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर कुमाल,चन्द्रज्याेति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रलाल डंगाेल र प्र.अ. बासुदेव पनेरु, विदुर-५ नम्बर वडाका वडा सदस्य हाेम बहादुर कुमाल, भाेजराज पनेरु,नेकपा माओवादि विदुर-५ का अध्यक्ष लगायत विभिन्न संघ संथाकाे आतिथ्यता साथै सहभागीता रहेकाे थियाे ।कार्यक्रमकाे संचालन च्वाडि माध्यमिक विद्यालयका छात्रा तथा बिदुर-५ नम्बर वडा स्तरिय समुन्नत बाल क्लबका सचिव युनिसा थापा मगरले गर्नु भएको थियाे ।
प्लास्टिक जन्य प्रदुषण लाई निर्मुल पाराैं ´´ Solution to plastic Pollution and Finding Way to Beat Plastic Pollution“ भन्ने विश्वब्यापि मुल नाराका साथ कार्यक्रममा समन्वकाे भूमिकामा रहेकाे च्वाडि बाल क्लवले विद्यालयमा गमलामा फूल राेपि कार्यक्रम सुरु गरेका थिए । साे लगत्तै प्लास्टिकजन्य प्रयाेग नगराै, रुख राेपाै वातावरण जाेगाऔं, कुहिने र नकुहिने फाेहाेर छुट्याई व्यवस्थापन गराैं लगायतका नारा र प्रदर्शन सहित कार्यक्रम स्थलमा रर्यालि सहित वडा कार्यालयमा पुगेको थिए ।
प्राेत्साहित गरिने कार्यक्रम अन्तर्गत समुन्नत बाल क्लबका सदस्य तथा च्वाडि पब्लिक माध्यमिक विद्यालयका छात्र सन्ताेष कुमालले बंगलादेशमा सार्क अन्तर्राष्ट्रिय स्तरीय सितोरियो करातेमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा, च्वाडि बाल क्लव / वडा स्तरीय समुन्नत बाल क्लबले बालबालिका क्षेत्रमा रहि गरिरहेकाे कार्यकाे उच्च मुल्यांकनका साथ, वडा नम्बर-५ मा सरसफाई कार्यमा निरन्तर लागिपर्ने नानू नेपाली, सुकुमाया तामाङ र सितोरियो करातेकाे डेमाे गर्ने च्वाडि माध्यमिक विद्यालयका शुभम राना मगर, अनुष कुमाल, बिजय कुमाल, सुपेन्द्र तामाङ, शान्ता तामाङ, अजय तामाङ, आयुष तामाङ र युवराज तामाङलाई हाैसला स्वरुप प्राेत्साहन पत्रका साथ वडा अध्यक्षबाट व्यक्तिगत रुपमा नगद रकम सहित कार्यक्रमका प्रमुख अतिथि राजन श्रेष्ठबाट प्राेत्साहन-पत्र प्रदान गरिएको थियाे ।
त्यस्तै वृक्षा राेपणमा निम,धुपि,अशाेका,तेजपात, गाेलमाेहर, कल्कि,विभिन्न जाति प्रजातिका फुलहरु राेपिएका थिए । वृक्षारोपण कार्यसंगै खेलाडी, बाल क्लव र सार्वजनिक क्षेत्रमा सरसफाई कार्य गर्नेलाई गरिएकाे प्राेत्साहन कार्यलाई बिदुर नगरपालिकाकाे कार्यालय नुवाकोटकोटले अझै थप हाैसला प्रदान गर्दै सहयाेग गरि अघि बढ्ने प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि तथा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले बताउनु भयाे ।











