
Lnp
Rgp1
Ggp
Sgr
Rgp
Unsku
pku
Pbu
Srbpu

Sbs
Rsb
Bbbpu
Rgs
nsb
Ksm
Vor
Rgu
Asm
Ssm
Gst
Wsp
Rgu
Hal
Pvg
Tsm
Sls
Bbu
Ggd

Mks
Ptm
Rpp
Pls
bbt
Abd
Syp
Jmb
Gsb
sab
Bml
Jmb
Rmb
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कम्प्युटर शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम प्रदान गरेको छ।
गाउँपालिकाले मंगलबार र बुधबार पालिकाकाे सभाहल मसुरियामा साे कार्यक्रमकाे आयोजना गरी उक्त तालिम प्रदान गरेको हाे। सही सुचना र विवरणकाे जानकारी भए मात्रै तिनै तहका सरकारलाई शैक्षिक याेजना र गतिविधि सञ्चालन गर्न सहज हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भयो । कतिपय विद्यालयहरुले यथार्थ विवरण नभरेकै कारण राज्यद्वारा प्रदान गरिने विभिन्न सेवा सुविधाबाट बन्चित हुन पुगेको बताउदै अध्यक्ष विष्टले ताेकिएकाे समयमा सही तरिकाले विद्यालयका सम्पूर्ण विवरणहरु भर्नु पर्ने कुरामा शिक्षकहरूलाई सजक गराउनु भयो ।
त्यस्तै शिक्षा तथा मानव स्राेत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माले विद्यालयका हरेक शैक्षिक गतिविधिहरु एकीकृत शैक्षिक सुचना प्रणालीमा समावेश गरेका आधारमा राज्यले शैक्षिक निति तथा याेजना निर्माण गर्ने हुनाले शिक्षकहरुलाई सत्य तथ्य विवरणहरु उल्लेख गर्न आग्रह गर्नु भयो । उहाँले विद्यालयकाे शैक्षिक, आर्थिक अवस्था, विद्यार्थी, शिक्षकहरूको व्यक्तिगत विवरण लगायत सम्पूर्ण कुराहरु त्यस प्रणालीमा उल्लेख हुने हुँदा यसकै आधार सरकारले शैक्षिक गतिविधि गर्ने भएकाले साे प्रणालीकाे बारेमा समेत सबैलाई जानकारी हुनु पर्ने बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा एकीकृत शैक्षिक सूचना प्रणालीकाे महत्त्व ,आवश्यकता ,प्रयोग गर्ने तरीका, त्यसको प्रयाेगकाे अबस्थामा देखिएको समस्याका बारेमा जानकारी गराइएको थियो । पालिका भरिका ३० सामुदायिक र १५ संस्थागत विद्यातयका ४५ जना कम्प्युटर शिक्षहरुकाे सहभागीता रहेको पालिकाका युवा ,शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भयो । उक्त अभिमुखीकारण कार्यक्रमकाे सहजीकरण शिक्षा तथा मानव स्राेत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्मा र एकीकृत शैक्षिक सुचना प्रणाली विज्ञ संवेदन काेईरालाले गर्नु भएको थियोे ।

