शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, जेठ ११, २०८०

दाङ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय बनाउन थालेको पाइएको छ ।बर्षात्बाट निम्तिने संभावित बाढीको जोखिमबाट समुदायलाई जोगाउनु स्थानीय सरकारको दायित्व हो । त्यसै अनुरुप खहरे खोलाहरु र राप्ती नदीको बाढीबाट उच्च जोखिममा रहेका बस्तिहरु बचाउन देउखुरीको गढवा गाउँपालिकाले बिपद प्रतिकार्य, र जोखिम न्यूनीकरण गर्न पुर्व सुचना प्रणालीलाई मजबुत बनाउन संयन्त्र गठन तथा परिचालन गर्न थालेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताउनु भयो ।नेपाल रेडक्रसको प्राबिधिक सहयोगमा नयाँ ढंगले पुर्व सुचना प्रणालीको संयन्त्र निर्माण गर्दै बिपद पुर्वतयारी र प्रतिकार्य योजना तत्काल निर्माण गरी गाउँसभाबाट पारीत गरेर अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र रेडक्रस दाङका सभापति मदन गौतमको प्रमुख आतिथ्यमा बिहिवार गढवामा बाढी पुर्वसुचना प्रणली संयन्त्र निर्माण कार्यशाला सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै स्थानीय राजनितिक दल तथा बुद्धिजिवीहरुले बिपद एक्कासी आउने भएकोले सुचना प्रणालीलाई मजबुत बनाउन तथा बिपद् ब्यवस्थापन कोष गाउँपालिका देखि वडा तहसम्म निर्माण एवं परिचालन गर्न जोड दिएका छन् । गतबर्षको बाढीबाट धेरै सिकाई भएको छ ।

स्थानीय सरकारले बिपद ब्यवस्थापन कोष खडागरि बिपदको बेला तत्काल कोष परिचालन गर्नुपर्छ–स्थानीय राजनितिक दलका नेताहरुले कार्यशालामा सुभाब प्रस्तुत गर्नु भयो । राप्ती नदी र खहरे खोलाहरुमा आउने संभाबित बाढीको पूर्वानूमानका साथै त्यसले समुदाय र बस्तिहरुमा निम्त्याउने जोखिम आंकलन गर्दै गढवा गाउँपालिकाले पूर्व सतर्कता अपनाउन थालेको पाइएको हो ।

बिपदको समयमा नेपाल प्रहरी र आर्मीको सुरक्षा संयन्त्र तथा रेडक्रस टिम आफ्नै ढंगले परिचालन हुने भएपनि स्थानीय सरकारको तर्फबाट पनि सर्बपक्षिय संयन्त्र निर्माण गरी बिपद पुर्वतयारीमा जुट्न आाबश्यक रहेको रेडक्रस दाङका सभापति मदन गामैतमले बताउनुभयो ।कार्यशालामा ब्यापक छलफल गरि वडा तहदेखि पालिका तहसम्म कृयाशिल संघसंस्था,सञ्जाल, राजनितीक दलहरु,सुरक्षा निकाय,पत्रकार,स्थानीय सरकार,रेडक्रस तथा उद्योग बाणिज्य संघ लगायतको संयुक्त संयन्त्र गठन गरि बिपद् प्रतिकार्य, उद्धार तथा राहात बितरण,सुरक्षित आवास,सुचना प्रणालीको मजबुतिकरण लगायत जोखिम न्यूनीकरणका बैकल्पिक तरिकाहरु अबलम्बन गरि बिपद ब्यवस्थापन गरिने भएको र उक्त ड्राफ्ट बनाउन रेडक्रस दाङले प्राबिधिक सहयोग गर्ने भएको छ ।त्यस्तै कार्यशालामा स्थानीय राजनितिक दलहरु, गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु लगायतका जनप्रतिनीधीहरु,सुरक्षा प्रमुखहरु,पत्रकार, गाउँपालिकाका बिषयगत शाखा प्रमुखहरु, रेडक्रसकर्मि,उद्योग बाणिज्य संघ र अन्य संघसंस्थाहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडक्रसकर्मि थानेश्वर पोख्रेलले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]