
Srbpu
Gfs
Ggp
pku
Djs
Rgp
Rmb
Sgr
Lnp
Rgp1
Pbu
Rgp
Cps
cjs
sbs
Gis
Unsku
Pes
Sds

Rsb
Bbbpu
Sbs
Tsm
Pvg
Ksm
Hal
Rgu
Vor
Gst
Ssm
Wsp
Rgs
Ggd
Rgu
Bbu
Sls
nsb
Asm

Syp
bbt
Pls
Abd
Rmb
sab
Jmb
Jmb
Mks
Gsb
Ptm
Rpp
Bml
दाङ । इलाका प्रहरी कार्यालय गढवामा महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर हालै आउनु भएका प्रहरी निरिक्षक राजकुमार भट्ट र देउखुरी क्षेत्रमा कृयाशिल पत्रकारहरु बिचमा कार्यालय परिसर गढवामा सोमबार साक्षात्कार भएको छ ।
इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा गरेको परिचयात्मक कार्यक्रममा पत्रकार र प्रहरीको बिच सुचन आदान प्रदानमा महत्वपुर्ण समन्वय र सहकार्य आवश्यक रहने भन्दै पत्रकार भेटघाटमा प्रहरी प्रमुख भट्टले सो कुरा बताउनु भएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय गढवाको कार्यक्षेत्र राजपुर र गढवाको ठूलो भू-भाग रहेको र भारतसंग सिमाना जोडिएका ३४ वटा नाकाहरु समेत रहेको हुँदा सुरक्षा चुनौति संग सामना गर्न पत्रकारहरुको पनि सहयोग आवश्यक रहेको कार्यक्रममा प्रहरी निरिक्षक भट्टले बताउनु भयो ।
भेटघाट कार्यक्रममा रेडियो हाइवेका प्रवन्ध निर्देशक केपी घिमिरे,सो रेडियोका समाचार प्रमुख लिला शाह,नयाँ युगबोद्य राष्ट्रिय दैनिक देउखुरी समाचारदाता प्रमुख दशरथ घिमिरे,राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता,रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव,रेडियो देउखुरीका स्टेशन म्यानेजर शिवराज खनाल,प्रदेश टुडे राष्ट्रिय दैनिक देउखुरीका प्रमुख टेकबहादुर पुन,तुलसी पत्र राष्ट्रिय दैनिक देउखुरीका समाचार प्रमुख प्रीया स्मृति गजमेर,लमही नगरपालिका प्रेस संयोजक शिवु खनाल,गढवा गाउँपालिका प्रेस संयोजक शिवराज पन्थी,राजपुर गाउँपालिका प्रेस संयोजक मेगमन बुढा,रेडियो साझा आवाजका समाचार वाचक सपना पौडेल लगायतको उपस्थिति रहेकोे थियोे भने कार्यक्रममा गढवा इलाका प्रहरी कार्यालयका साहयक प्रहरी निरीक्षक मीन बहादुर शाहीले विगतमा कार्यालयले गरेको केही उदाहरणीय प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै पत्रकारहरुले इलाका प्रहरी कार्यालय गढवामा सरुवा भएर आउनु भएका नव प्रहरी निरीक्षक भट्टले ऐतिहासिक पहिलो कार्य पत्रकार सम्मेलन गरेकोमा खुशी व्यक्त गरेका थिए । त्यसैगरी पत्रकारहरुले आगामी दिनमा प्रहरीबाट दिन मिल्ने सूचनाहरु सहजै रुपमा सहकार्य र समन्वय गरि प्रदान गर्न समेत आग्रह गरेका थिए ।
