
Gfs
cjs
Pbu
Ggp
Rgp1
Sgr
Ses
Srbpu
Lnp
Unsku
Pes
Djs
Rgp
pku

Rsb
Rgu
Hal
Rgu
Ksm
Gst
Pvg
Asm
Bbu
Vor
Ggd
Sbs
Sls
Ssm
nsb
Bbbpu
Tsm
Wsp
Rgs

Pls
Ptm
Gsb
Jmb
sab
Bml
Syp
Mks
bbt
Jmb
Abd
Rmb
Rpp
धादिङ । धादिङ जिल्ला गल्छि गाउँपालिका वडा नम्बर-८ कट्टेल पाैवा निवासि नेपाल मगर संघ गल्छि गाउँपालिकाका सचिव वर्ष २६ का बिनाेद दर्लामि थापा मगरकाे निर्ममतापुर्वक गरिएको हत्याकाे घाेर भत्सर्ना गर्दै नेपाल मगर संघ नुवाकोटले परिवारजनलाई भेटि मृत आत्माप्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।
यहीँ २०८० साल बैशाख २७ गते रातकाे करिव ९:३० बजे बिनाेद दर्लामि थापा मगर,टिफर चालक भक्त बहादुर गराैजा मगर,जेसिवि चालक विन्दास पुन मगर सहित ३ जना धादिङ जिल्लाको गल्छि-८ स्थित सानदार हाेटल एण्ड लजमा खाना खाने क्रममा हाेटल सञ्चालक सरस्वति पण्डितसंग सामान्य विवाद भएको अवस्थामा निज हाेटल संचालक सरस्वती पण्डितले आफ्नाे छाेरा बर्ष-२८ काे निराेज पण्डितलाई बाेलाई एक्कासि आक्रमण गर्न लगाई पेट तथा शरिरकाे अन्य भागमा छुरा प्रहार गरि विभत्स तरिकाले हत्या गरिएको बुझिएकाे छ ।
साेहि घटनाकाे सत्य तथ्य अनुसन्धान गरि दाेषिलाई कडा भन्दा कडा कार्वाही गरि निज थापा मगरकाे श्रीमती वर्ष २५ का दिपिका मगर र १८ महिनाकाे नावालक छाेरा हिमान्सु थापा मगर रहेकोले उहाँहरुकाे जीवन रक्षा सहित उचित क्षतिपूर्ति, शिक्षा दिक्षाकाे व्यवस्था मिलाईदिन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष नेपाल मगर संघले जाेडदार माग राखेकाे छ ।
मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेपाल मगर संघका केन्द्रीय सदस्य भगवान राना मगर, वाग्मती प्रदेश समिति महिला सचिव सर्मिला थापा मगर, नुवाकोट जिल्ला अध्यक्ष बचुमाया सुनारि मगर, उपाध्यक्ष रामकुमार थापा मगर, सचिव भरत पुलामि मगर, जिल्ला सदस्य हरिशंकर थापा मगर , बिदुर नगर सचिव राजिव राना मगर, विदुर-५ वडा सदस्य शिवशंकर थापा मगर लगायतको विशेष उपस्थित रहेको थियाे ।
