Sidha Patra शुक्रबार, जेठ ०५, २०८०

दाङ । देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

त्यस्तै मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन् । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा दुबै बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।

बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।

यस्तै घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]