
Pbu
Unsku
Ses
Gfs
cjs
Pes
Rgp
Rgp1
Sgr
Djs
Ggp
Lnp
pku
Srbpu

Rgu
Bbbpu
nsb
Asm
Rsb
Ggd
Bbu
Wsp
Rgs
Rgu
Ksm
Ssm
Tsm
Vor
Hal
Sbs
Pvg
Gst
Sls

Rmb
Gsb
Mks
Rpp
bbt
Jmb
sab
Bml
Abd
Ptm
Pls
Syp
Jmb
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने बताएका छन् ।
त्यस्तै उनले यस विजयनगर महोत्सवले गाउँपालिकाको कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग हुने विश्वास समेत व्यक्त गरे । उनले मंगलबार विजयनगरमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । अध्यक्ष थापाले पश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको पहिचानको साथै ऐतिहासिक स्थलको प्रचारप्रसार हुने र आन्तरिक पर्यटनमा बृद्धि हुने बताए । उनले यस महोत्सवले आन्तरिक पर्यटन तथा उद्योगको प्रवर्द्धनमा विजयनगर महोत्सवले अहम भूमिका खेल्ने जिकिर गरे । विजयनगरका धार्मिक, पर्यटन, साँस्कृतिक र कृषि पर्यटनको सम्भावनाको खोजी गराउन महोत्सवले सघाउ पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।
यस्तै महोत्सव मूल समारोह समितिका संयोजक राम प्रघट कोरीले महोत्सवको तयारी तीव्र रुपमा बढेको बताउँदै मेलाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । महोत्सवमा हुने एक सय भन्दा बढी व्यापारिक स्टल,बाल उद्यान,सेल्फी जोन लगायतको सम्पूर्ण कामहरु भइरहेको उनले बताए । महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक,पर्यटकीय स्थलको प्रचारप्रसार र कला संस्कृतिको संरक्षण,आन्तरिक पर्यटक भित्राउन सहयोग पुग्ने संयोजक कोरीले बताए ।
त्यस्तै वडा अध्यक्ष तिलकराम कंडेल विजयनगरका कृषि उत्पादन र ऐतिहासिक स्थल संरक्षणमा महत्वपूर्ण भुमिका हुने बताए । उनले यस महोत्सवलाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
व्यापार संघ विजयनगरका अध्यक्ष गोकर्ण प्रसाद सापकोटाले विजयनगर गाउँपालिकाको पहिचानसहित औद्योगिक व्यापार प्रवर्द्धनमा यस महोत्सवले मदत पुग्ने बताए । उनले व्यापारहरुको आर्थिक बृद्धिको साथै विभिन्न व्यापार, व्यवसायतर्फ प्रोत्साहन गर्ने बताए ।
जेठ ४ देखि १४ गतेसम्म सञ्चालन हुने विजयनगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । “समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवर्द्धन गर्न ‘प्रथम विजयनगर महोत्सव–२०८०’ आयोजना गरिएको छ ।
विजयनगर समाज कपिलवस्तुको आयोजना, विजयनगर गाउँपालिका र व्यापार संघ विजयनगरको सह–आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । गाउँपालिकाको वडा नम्बर ४ शंकरपुर खेल मैदानमा विजयनगर महोत्सव हुने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा भोजपुरी कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
त्यसैगरी पछिल्लो समय कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसाय चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । महोत्सवमा प्रथम विजयनगर डान्स आइडल २०८०, खुल्ला भलिबल प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ । ३० हजारभन्दा बढी दर्शक सहभागी गराएर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
