Sidha Patra आइतबार, आश्विन १८, २०७७

बुटवल । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

विरोधको कार्यक्रम अनुसार प्रधानमन्त्री र मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनेदेखि लुम्बिनी बन्दसम्म गर्ने कार्यक्रम राखेको छ । १९ गते विहान ९ बजे देखि साविक लुम्बिनी अञ्चल बन्दको घोषणा गर्ने सञ्जालले निर्णय गरेको छ ।

हालसम्म राजधानीको सन्दर्भमा भएगरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, व्यबसायिक संघसंस्थाबाट भएको योगदान र बहुसंख्यक जनताको भावना बिपरित हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको बिषयले निजी क्षेत्र मात्रै नभएर प्रदेशका बहुसंख्यक जनतालाई दुःखी बनाएको सञ्जालको विज्ञप्तीमा उल्लेख छ ।

राजधानी सार्ने प्रस्ताव पुनर्विचार गर्न र जनभावनाको समेत कदर गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं’–विज्ञप्तीमा उल्लेख गरिएको छ । सञ्जाल रुपन्देहीले खिम बहादुर हमाल, संयोजक र यमलाल लोहनी, सह संयोजक रहेको संघर्ष समिति समेत गठन गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]