
Lnp
Rgp1
Rgp
Srbpu
Unsku
Ses
pku
Pbu
cjs
Djs
Gfs
Sgr
Ggp
Pes

Sbs
Ggd
Hal
Ssm
Gst
Tsm
Rsb
Asm
Rgu
Bbbpu
Wsp
Bbu
nsb
Pvg
Vor
Rgs
Ksm
Sls
Rgu

sab
Bml
Ptm
Mks
Abd
Rpp
Jmb
Gsb
Jmb
bbt
Syp
Rmb
Pls
बुटवल । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
विरोधको कार्यक्रम अनुसार प्रधानमन्त्री र मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनेदेखि लुम्बिनी बन्दसम्म गर्ने कार्यक्रम राखेको छ । १९ गते विहान ९ बजे देखि साविक लुम्बिनी अञ्चल बन्दको घोषणा गर्ने सञ्जालले निर्णय गरेको छ ।
हालसम्म राजधानीको सन्दर्भमा भएगरेका तयारी, भौतिक पूर्वाधारमा राज्य कोषबाट गरिएको व्ययभार, व्यबसायिक संघसंस्थाबाट भएको योगदान र बहुसंख्यक जनताको भावना बिपरित हठात् राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेश गरिएको बिषयले निजी क्षेत्र मात्रै नभएर प्रदेशका बहुसंख्यक जनतालाई दुःखी बनाएको सञ्जालको विज्ञप्तीमा उल्लेख छ ।
राजधानी सार्ने प्रस्ताव पुनर्विचार गर्न र जनभावनाको समेत कदर गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं’–विज्ञप्तीमा उल्लेख गरिएको छ । सञ्जाल रुपन्देहीले खिम बहादुर हमाल, संयोजक र यमलाल लोहनी, सह संयोजक रहेको संघर्ष समिति समेत गठन गरेको छ ।
