
Ggp
Sgr
cjs
Srbpu
Pes
Gfs
Rgp1
Pbu
pku
Djs
Lnp
Ses
Unsku
Rgp

Tsm
Rgu
Ksm
Gst
Rgs
Bbbpu
Sls
Ssm
Ggd
Rsb
Asm
Pvg
Hal
Wsp
Bbu
Vor
Sbs
Rgu
nsb

Jmb
Syp
Jmb
sab
Mks
Bml
Ptm
Pls
bbt
Gsb
Rmb
Abd
Rpp
दाङ । अबैध रुपमा गिट्टी-बालुवा ओसारपसार गरिरहेको अवस्थामा ८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सइ) भिम रावतको कमान्डमा खटिएको प्रहरीको टोलीले गिट्टी र बालुवा सहित ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनु भयो ।
त्यस्तै अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन कार्य बढ्न थालेपछि राजस्व संकलन गर्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकाले अमानतमा ठेक्का खोलेको छ । तर,त्यसको अटेर गर्दै ठेली नकाटेर अबैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरेको पाइएपछि ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज भिम रावतले बताउनु भयो ।
यस्तै उहाँका अनुसार रा१त ४३९४ र रा१त ४३९५ नम्बरको ट्याक्टरलाई दंगीशरण ६ सिम्ठानाको बबई नदीबाट बालुवा सहित नियन्त्रणमा लिएको हो भने रा१त ४१६९, रा१त ३५९१, रा१त २९७७, लु४त ३७२३, रा१त १३१७ र रा१त ३१२४ नम्बरको ट्याक्टरलाई दंगीशरण ४ स्थित बबई नदी र पातुखोला आसपासका क्षेत्रबाट गिट्टी-बालुवा सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरीले बुधबार ५ वटा,बिहीबार दुईवटा र शुक्रबार एउटा गरि ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । पक्राउ परेका ८ वटा ट्याक्टर मध्य २ वटा ट्याक्टरलाई २०/२० हजारका दरले जरिवाना गरेर छाडिएको छ भने अन्य ६ वटा ट्याक्टर नियन्त्रणमै रहेको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ ।
