
Unsku
Rgp
Pbu
Ggp
Sgr
pku
Rgp1
Lnp
Srbpu

Rsb
Vor
Ksm
Hal
Ggd
Pvg
Sbs
Sls
Asm
Ssm
nsb
Wsp
Bbu
Rgu
Gst
Tsm
Rgs
Bbbpu
Rgu

Jmb
Rmb
sab
Rpp
Bml
Pls
Syp
Jmb
Gsb
Abd
Mks
bbt
Ptm
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम दिईएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित सात दिने चप्पल उत्पादन सिप तालिमको शुक्रबार समापन गरिएको हो ।
वडा नम्बर २ को वडा अध्यक्षको सभाध्यक्षतामा सम्पन्न भएको तालिमको समापन गर्दै कार्यक्रमको प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिकेको सीपबाटै व्यावसायिक बन्न सकिने सुझाव सहभागीलाई दिनु भयो । सीकेको सीपलाई निरन्तर व्यवहारमा लागू गरी आयआर्जन गर्न सुझाव दिँद्रै अध्यक्ष पोख्रेलले महिलाहरुलाई व्यवसाहिक स्वरोजगार बन्नका लागी पालिकाले समेत प्राथमिकता दिएको बताउनुभयो ।
त्यस्तै उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भरसंगै आर्थिक समृद्धि हुने बताउदै अध्यक्ष पोख्रेलले तालिमबाट प्राप्त ज्ञान र सिपको उच्चतम प्रयोग गरि व्यसायीक बन्न आग्रह गर्नुभयो । साथै उहाँले चप्पल उत्पादन गरे यसको बजारीकरण र प्रचार प्रसारमा गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको छ ।
समापन कार्यक्रम सहभागिहरुको तर्फबाट बोल्दै बिमला यादवले व्यवसाहिक तथा क्षमतावन बनाउन तालिमले सहयोग पुगेको भन्दै अब समुहिक रुपमा व्यवसाय संचालन गर्ने सोच बनाएको बताउनुभयो। तालिम सिक्यो,पालिकाले स्रोत साधनको व्यवस्थापन गरिदिए आफुहरु सामुहिक रुपमा चप्पल बनाउने कार्यक्रमलाई निरन्तरता दिने सोच बनाएको बताउनुभयो । आफुहरुसंग काम गर्ने सोच भएको बताउदै तालिममा सिकेको कुरा ब्यबहारमा उतार्दै व्यवसायीक रुपले अघि बढ्ने बताउनुभयो। तालिम समापन कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरी, कृषि प्राविधिक फुलनदेवी चौधरी, उद्यम विकास सहजकर्ता मिना चोधरी र बिनु भुजेल, गढवा गाउँपालिका प्रेस संयोजक लगायतको उपस्थिति रहेको थियो।
उक्त तालिममा ३१ जना महिलाहरुको सहभागिता भएको तालिममा प्रशिक्षक जोगेन्द्र नेपाल रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता बिनु भुजेलले गर्नु भएको थियो ।
