
cjs
Pbu
Ses
Rgp
Gfs
Pes
Lnp
Srbpu
pku
Unsku
Rgp1
Djs
Ggp
Sgr

Ggd
Ksm
Vor
Asm
Gst
Pvg
Bbbpu
Rgu
Rsb
Sls
nsb
Bbu
Sbs
Tsm
Wsp
Rgu
Rgs
Hal
Ssm

Bml
Syp
Pls
Ptm
Abd
Rpp
Gsb
Jmb
Rmb
bbt
Mks
sab
Jmb
दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानु भयो तर नत रोग पत्ता लाग्यो नत सञ्चो नै भयो।
हल्लु नारायण चौधरी आफै घरमुली भएकोले आर्थिक समस्या परेको बताउनुभयो। हल्लु नारायण चौधरीको एक छोरा र दुई छोरी श्रीमती रहेका छन्। दुई छोरीको बिहे भैसकेको छ भने छोराको पनि बिहे भैसकेको छ तर आयस्रोत भने केही नभएको पिडितका छोरा प्रदिप चौधरीले बताउनुभयो। अचम्मको रोगले छोएपछी चौधरी परिवार यतिबेला बिक्षिप्त बनेको छ।
औषधी उपचारको लागि विभिन्न अस्पातलमा पुर्याउदा पनि केही सुधार नभएको र झन बढ्दै गएको परिवारिक स्रोतले बतायो । विभिन्न ठाउँमा उपचार हेरचाह गरेरै भएको पैसा जती खर्च गरी सकियो आफन्तले पनि सक्दो सहयोग गरे । अब त न पैसा छ न उपचार गर्ने थप रकम नै । गरीब हुनु पनि पिडा नै रहेछ । मलिन अनुहारमा हल्लु नारायण चौधरीका छोरा प्रदिप चौधरीले भने । विभिन्न ठाउँमा पुग्दा डाक्टरले दिएको आश्वासनको पोको थापेर मनभरी गाँठो पार्दै सबैबाट सहयोग पाउने आशामा रहेको बताउनु भयो। समाजमा हरेक सुख-दुखमा मेरा बुवा पनि हिंड्ने गर्नुहुन्थ्यो आज आँफैलाई परेको बज्रपातबाट पीडित छु कस्लाई र कोसँग सहयोग मागुँ । भन्दै सहयोगको याचना गरी रहेको छु चौधरीले भन्नु भयो ।
त्यस्तै यद्दपी सहयोग गरिदिन सबैमा अपिल पनि गर्नुभएको छ । सहयोगका लागि एनआईसि एसिया बैंक गढवा शाखाको प्रदिप चौधरी (PRADIP CHAUDHARY) (बिरामीका छोरा) नाममा खाता नम्बर – ३५२५७५२५०८१५४००१ रहेको छ । सम्पर्क नम्बर- ९८०९५३३१२२, ९८२२८८३०५३ रहेको छ ।
