
Sgr
Ses
Lnp
Djs
pku
Ggp
Srbpu
Pbu
Rgp1
cjs
Rgp
Unsku
Pes
Gfs

Ggd
Sls
Vor
Asm
Sbs
Bbu
Ksm
Bbbpu
Wsp
Gst
Tsm
nsb
Rgu
Hal
Ssm
Rsb
Pvg
Rgu
Rgs

Jmb
Syp
Rmb
Pls
Bml
bbt
Jmb
Ptm
Abd
Gsb
sab
Mks
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडाहारा स्थित कुलपानी सामुदायिक वन उपभोक्ता समुहले सोमबार एक कार्यक्रमको आयोजनागरि सामुदायिक नव उपभोक्ता महासंघ दाङ जिल्लाका नव निर्वाचित पदाधिकारीलाई बधाई एवं सम्मान गरेको छ ।
समुहले “दिगो वन व्यवस्थापनमा पर्यापर्यटन समावेशी सुशासनयुक्त संवृद्धिका लागि हाम्रो सामुदायिक वन” वन वातावरण संरक्षण गर्ने उपभोक्ता हकहितमा सवाल उठाउने वन कर्मीहरुलाई बधाई तथा सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्लाका नव निर्वाचित अध्यक्ष हरि भुसाल,सचिव राधा विष्ट,जिल्ला सदस्यहरु बिष्णुमाया बश्याल,तिर्थराज ज्ञावाली लगायतका पदाधिकारीलाई बधाई एवं सम्मान दिएको थियो ।
कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेशका पुर्व मन्त्री तथा वर्तमान सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,संविधान सभा सदस्य रेशमीराज नेपाली, डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका डिभिजनल वन अधिकृत राजु क्षेत्री,सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्लाका अध्यक्ष हरि भुसाल,सोही महासंघका जिल्ला सचिव राधा विष्ट लगायतका वक्ताले बोल्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले कुलपानी सामुदायिक वनले पर्यावरणको क्षेत्रमा अतुलनीय कार्य गरेको हुँदा आगामी दिनमा यसको स्तर उन्नति गर्नका लागि सम्बन्धि निकायले समुहका लागि विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
समुहका पुर्व अध्यक्ष तथा वन महासंघ दाङ जिल्ला सदस्य बिष्णुमाया बस्यालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा गढवा गाउँपालिकाको आर्थिक सहयोगबाट पार्क प्रवर्द्धनका लागि निर्मित संरचनाको उद्घाटन तथा सार्बजनिक सुनुवाइ कार्यक्रम समेत भएको छ ।
गढवा गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७९/०८० मा विनियोजित ८ लाख बजेटबाट निर्मित भएको काठको गेट र पुलको लागत सम्बन्धि आयव्यय प्रस्तुत समुहका कोषाध्यक्ष सीता चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन समुहका सचिव दिलबसी बिकले गर्नु भएको थियो । 
